विश्व क्यान्सर दिवस

महिलालाई पाठेघर र स्तन क्यान्सरले गाँज्दै



Download our app to get more features

महिलामा पाठेघरको क्यान्सर ह्युमन प्यापिलोमा भाइरसका कारण हुन्छ । असुरक्षित यौन सम्पर्कका कारण ह्युमन प्यापिलोमा भाइरसको संक्रमण हुने र यसैकारण पाठेघरको क्यान्सर हुने क्यान्सर रोग विशेषज्ञ डा. विवेक आचार्य बताउँछन् ।

यस्तै एक भन्दा बढी व्यक्तिमा हुने यौन सम्पर्क पनि यसको कारक तत्व मानिदै आएको छ । शरीरमा प्रतिरोधात्मक क्षमता बलियो भए ह्युमन प्यापिलोमा भाइरस देखिए पनि केही समयपछि हराएर जान्छ । नत्र यो भाइरसको संक्रमण शरिरमा फैलदै जान्छ । जती धेरै असुरक्षित यौन सम्पर्क ग¥यो, त्यति धेरै ह्युमन प्यापिलोमा भाइरस शरीरमा रहिरहन्छ । असुरक्षित यौन सम्पर्क र धुम्रपान गर्ने गर्नेहरूमा ह्युमन प्यामिलोमा भाइरस क्रोनिक हुन्छ । धुम्रपान गर्नेहरूको शरीरमा ह्युमन प्यामिलोमा भाइरस देखिएमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदै गएपछि क्रोनिक हुने डा. आचार्य बताउँछन् । 

शरीरमा ह्युमन प्यापिलोमा भाइरस देखिएको २० वर्षपछि मात्रै शरिरमा क्यान्सर देखापर्छ । शरीरमा क्यान्सर देखा परेपछि चिकित्सकले जाँचेर कुन स्टेजको हो भनेर पत्ता लगाउँछन् । प्यापस्मेरले शरीरमा ह्युमनप्यापिलोमा भाइरस देखा परेर क्यान्सर बन्ने क्रममा रहेको भए, त्यो विषय पत्ता लगाउँछन् । प्यापस्मेरले क्यान्सर पहिचान गर्न सहयोग पु¥याउने भएकाले यसलाई आममानिसको पहुँचमा पु¥याउनु पर्नेमा चिकित्सकहरूको जोड छ । प्याप्समेयरबाट क्यान्सर रोगको पहिचान भएपछि चिकित्सकको सल्लाहमा बिरामीलाई आवश्यक उपचार गरिन्छ । 

युवा अवस्थामै स्तन क्यान्सर
क्यान्सर मध्ये स्वरुप परिवर्तन भएर देखा पर्न थालेको क्यान्सर हो, स्तनको क्यान्सर । उमेर ढल्किसकेकाहरूमा धेरै देखिने गरेको स्तन क्यान्सर अहिले युवा अवस्थामा धेरै जनामा देखिन थालेको छ । वीर अस्पतालको रेकर्ड अनुसार ५० वर्षपछि देखिनु पर्ने स्तनको क्यान्सर अहिले ३० देखि ४० वर्ष उमेर समूहका ३० प्रतशित महिलामा देखिने गरेको छ । सुजन र प्रोजेस्ट्रान नामक हर्मोनका कारण महिलामा स्तन क्यान्सर हुने गरेको छ । यी हर्मोनको काम स्तनको टिसुलाई सक्रिय बनाइराख्छ । 

एस्ट्रोजनले बच्चालाई दुध खुवाउनका लागि स्तनको आकार ठुलो बनाउन मद्दत्त गर्छ । बच्चा पाएका महिलामा सुजनको मात्रा घट्छ । सुजनको मात्रा बच्चा नपाएका महिलामा बढी हुने भएकाले अविवाहितमा स्तन क्यान्सरको जोखिम बढी हुन्छ । एस्ट्रोजनले स्तनको आकार ठुलो बनाउन मद्दत्त पु¥याउने तर दुध बाहिर निस्कन नपाएको अवस्थामा क्यान्सरको जोखिम हुने चिकित्सकहरू बताउँछन् । बच्चालाई स्तनपान गराउनु पनि स्तन क्यान्सरको जोखिमबाट बच्ने एक उपाय हो । 

चिकित्सकहरूका अनुसार स्तन क्यान्सरको समस्या कम आर्थीक अवस्था भएकामा भन्दा आर्थीक रुपमा सम्पन्न परिवारका महिलामा बढी मात्रामा देखिन थालेको छ । ढिला बच्चा पाउने, कम उमेरमा विवाह गर्ने, स्तनपान नगराउनेमा स्तनको क्यान्सरको जोखिम बढेको छ । यस्तै अत्यधिक मद्यपान र बोसोयुक्त चिल्लो पदार्थको सेवन पनि स्तन क्यान्सरको कारक हो । बोसोयुक्त खानाले स्तनमा स्ट्रोजनको मात्रा बढाउने भएकाले क्यान्सरको जोखिम बढ्छ । 

क्यान्सरको जोखिम कम गर्न सरकारले क्यान्सर रोग पहिचानका लागि स्क्रिनिङ सेवा गाउँसम्म विस्तार गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।

Last modified on 2018-02-05 10:40:53

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts