टाउको दुखाईको विषय बन्दै स्वास्थ्य बीमा कार्यक्रम



Download our app to get more features

काठमाडौं, २२ माघ । जनतालाई स्वास्थ्य सेवाको सहज पहुँच भित्र ल्याउने उद्देश्य अनुरुप सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम कर्मचारीहरुका लागि टाउको दुखाईको विषय बन्न थालेको छ ।

स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको करिब २० महिनाको अवधिमा अस्पताल कर्मचारीहरुले झन्झट मान्न थालेका छन । सरकारले ५० हजार बराबरको बीमा गराए पनि विरामीहरुले सो रकम भन्दा बढीको सेवा खोजे पछि बीमा कार्यक्रम टाउको दुखाईको विषय बन्न थालेको हो । २५ सय रुपैयाँ तिरेर स्वास्थ्य बीमा गराएको खण्डमा सरकारले बार्षिक ५० हजार बराबरको स्वास्थ्य सेवा दिने गरेको छ । वीर अस्पताल सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति प्रमुख टिका पनेरुका अनुसार बिरामीहरुले पाउने सेवा बारे प्याकेजमा समस्या भएको बताए ।

५० हजारको विमाले कुन कुन सेवा लिने भन्ने एकिन हुन नसक्दा सेवामा दरार आएको हो । समग्रमा ५० हजार सम्मको स्वास्थ्य उपचार पाउने व्यवस्था छ पनेरुले भने, आईसीयूमा राख्दा बेग्लै पैसा लाग्न जान्छ यसमा ठुलो समस्या छ । जुन रोग लागेपनि ५० हजार भित्रबाट सेवा पाउने कानुनी प्रावधान छ तर, यहाँ संम्भव छैन । महगो स्वास्थ्य सेवा र औषधिले खर्च धान्न नसक्ने चिकित्सकहरु बताउछन् । 

दुई दिनमै ५० हजार सकिन्छ 
स्वास्थ्य बीमा कार्यक्रम राम्रो भएपनि यसका केही पक्ष सुधार नहुँदा समस्या देखिएको छ । २५ सय तिरेर बीमीत भएका विरामीहरु निःशुल्क स्वास्थ्य उपचार पाउने नाउँमा वीर अस्पताल आएका छन् तर, महँगो उपचारले गर्दा ५० हजार रुपैयाँ अपुग देखिएको छ । अप्रेसन गरेको कष्ट र आईसियुमा राख्नु परेको खण्डमा ५० हजार कम हुन्छ पनेरुले भने । अस्पतालले अपुग रकम आफैले पनि व्यहोर्ने गरेको छ । आईसियु खर्च धान्न बीमीत व्यक्तिहरुलाई समस्या देखिएको अस्पतालले जनाएको छ  । यता बिरामीहरुले भने उक्त रकमबाट जस्तो सुकै सेवा पाउनु पर्ने दावी गर्दै आएका छन् । 
स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन चाहने पाँच जना सदस्य सहितको परिवारले बीमा शुल्क वापत प्रत्येक वर्ष २ हजार ५ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ । अतिरिक्त सदस्यले ४ सय २५ रुपैयाँका दरले शुल्क बुझाउनु पर्ने छ, बीमा बोर्डका कार्यवाहक निर्देशक डा. गुणराज लोहनीले भने । 

बीमा शुल्क बाट अप्रेसन गर्ने धेरै
हाल सम्म ४ लाख ५८ हजार ९ सय ८३ जना स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । केही समस्या देखिएको छ, स्वास्थ्य बीमा बोर्डका कार्यवाहक निर्देशक डा. लोहनीले भने, यसलाई सुधार गर्दै लैजाने हो । तर, सेवा दिन कुनै सुचिको आवश्यकता पर्दैन । ५० हजार भित्रमा सम्भव भएसम्म सबै उपचार पाउँछन् ।’ 
पनेरुका अनुसार वीर अस्पतालमा ३ सय ५० जनाले स्वास्थ्य उपचार गराई सकेका छन् ।

उनिहरु मध्ये ४० प्रतिशतको बीमा शुल्क बाट अप्रेसन गरेका छन् । अस्पतालको रेकर्ड अनुसार सेवा लिने मध्ये अघिकासं जुम्लाका नागरिक रहेका छन् । एउटा अप्रेसन गर्दा १८ हजारमा सबै उपचार हुन्छ । आईसीयूमा बस्नुपर्ने अवस्थामा बाहिरी खर्च हुँदा बीमीत व्यक्तिहरुले झगडा गर्छन । (आजको नयाँपत्रिका दैनिकबाट)
 

Last modified on 2018-02-06 17:23:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts