चिकित्सा शिक्षा आयोगको पहिलो बैठक सम्पन्न



Download our app to get more features

काठमाडौं, २२ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको पहिलो बैठक बालुवाटारमा बसेको छ । सो बैठकले आयोगलाई पूर्णता दिने, आयोगको कार्यालय तत्काल शिक्षा मन्त्रालयमा नै रहने र उपाध्यक्षका लागि लोक सेवा आयोगका अध्यक्षको संयोजकत्वमा रहेको समितिलाई नाम सिफारिस गर्न जिम्मेवारी दिने निर्णय गरेको छ । 

पहिलो बैठकमा परिचयात्मक कार्यक्रम र आयोगलाई पूर्णता दिने विषयमा छलफल भएको आयोगका एक पदाधिकारीले बताए । साथै आयोगको उपाध्यक्षमा नाम सिफारिस गर्न तीन सदस्यीय समिति पनि बनाइएको छ । आयोगको कार्यकारी अधिकार उपाध्यक्षमा रहने व्यवस्था छ । अध्यादेशमा चिकित्सा शिक्षामा विशिष्ट योगदान पु¥याएका चिकित्साहरूमध्येबाट सरकारले उपाध्यक्ष नियुक्ती गर्ने व्यवस्था छ । यस्तै आयोगको पदेन बाहेकका अन्य सदस्य पनि नियुक्त हुन बाँकी छन् । 

त्रिवि शिक्षण अस्पतालका प्राडा गेविन्द केसीका माग र माथेमा कार्यदलको सुझाबका आधारमा सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश’ ल्याएको थियो । अध्यादेश २४ कार्तिकमा राष्ट्रपतिबाट प्रमाणिकरण भएको थियो ।

अध्यादेशमा प्रधानमन्त्रीको अध्यक्षतामा आयोग गठन हुने व्यवस्था छ । सरकारले शिक्षण संस्थाको नियमन गर्न र चिकित्सा शिक्षालाई गुणस्तरीय बनाउन चिकित्सा शिक्षा आयोग बनाएको हो ।

आयोगमा शिक्षा र स्वास्थ्य मन्त्री सहअध्यक्ष रहने छन् । यस्तै, राष्ट्रिय योजना आयोगका शिक्षा र स्वास्थ्य हेर्न सदस्य, चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन भएका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपति, शिक्षा र स्वास्थ्य सचिव, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, प्राविधिक शिक्षा तथा व्यावसायीक परिषद्का उपाध्यक्ष, नेपाल मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल, आयूर्वेद काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी काउन्सिलका अध्यक्षहरु सदस्य रहने छन् ।
 

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts