मेलानद्वारा स्वास्थ्य प्रयोगशाला विभागको माग 



Download our app to get more features

काठमाडौं, २२ माघ । मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) काठमाडौंको जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

गत शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित सम्मेलनले स्वास्थ्य प्रयोगशाला विभाग गठन, ल्याबोरेटरी काउन्सिल स्थापना, प्रयोगशालाकर्मीको न्युनतम पारिश्रमी ग्यारेण्टी गर्न माग गरेको छ । सम्मेलनको उद्घाटन स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. तारानाथ पौडेलले गरेका थिए । 

मेलान अध्यक्षमा पौडेल
सम्मेलनले भोला पौडेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमिति उपाध्यक्ष्यमा निरन्जन खनाल, सचिवमा पुष्कर सत्याल, सह–सचिवमा आशिष श्रेष्ठ र कोषाध्यक्षमा फणिन्द्र ज्ञवाली निर्वाचित भएका छन् ।

मेलानका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद रिजालले मेलानको अबको लडाई निजी क्षेत्रमा काम गर्ने प्रयोगशालाकर्मीको न्यूनतम पारिश्रमीक र जोखिम भत्ताको सुनिश्चितताको लागि हुने बताए । राष्ट्रिय सम्मेलन ०७४ का संयोजक एवं केन्द्रीय महासचिव राजेन्द्र खड्काले अबको दिनमा गुणस्तरीय प्रयोगशालाको लागि आवश्यक सम्पूर्ण कार्य गर्ने प्रतिबद्धता जनाए ।

साथै राष्ट्रिय सम्मेलन ०७४ का सह–संयोजक एवं केन्द्रीय कोषाध्यक्ष रेशम अधिकारीले प्रयोगशाला सम्बन्धी शैक्षिक मुद्दालाई प्राथमिकतामा राखेर राष्ट्रिय सम्मेलन पश्चात कार्ययोजना बनाई अघि बढ्ने बताए । 
 

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts