तीन विद्यार्थी संगठनले बनाए २१ सदस्यीय मेडिकल कलेज अनुगमन टोली



Download our app to get more features

काठमाडौं, २४ माघ । एमाले, कांग्रेस र माओवादी केन्द्र निकट तीन विद्यार्थी संगठनले मेडिकल कलेजमा हुने विद्यार्थी भर्ना शुल्क अनियमितताको अनुगमन गर्न २१ सदस्यीय संयुक्त टोली गठन गरेका छन् ।

अनेरास्ववियूकी अध्यक्ष नविना लामा, नेविसंघका अध्यक्ष नैनसिंह महर र अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङको नेतृत्वमा २१ सदस्यीय अनुगमन टोली गठन गरेको बुधबार संगठनजारी संयुक्त विज्ञप्तिमा उल्लेख छ । सो टोलीमा हरेक संगठनबाट सात सात जना प्रतिनिधि रहेका छन् ।

सो टोलीले सरकारले तोके भन्दा बढी शुल्क लिएर विद्यार्थी भर्ना गरेको गुनासो आइरहेका युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेज, नेशनल मेडिकल कलेज र किस्ट मेडिकल कलेजको अनुगमन गर्ने जनाइएको छ ।

यस्तै सरकारलाई कर नतिरेका लिटिल एन्जेल्स, डिएभी, जेम्स, रातो बंगला लगायतका विद्यालयलाई ६ दिनभित्र कर तिर्न पनि विज्ञप्तिमार्फत अल्टिमेटम दिएका छन् । 

 

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts