एकैसाथ मलेरिया,चिकनगुनिया तथा डेंगुको संक्रमण हुन सक्छ–अध्ययन



Download our app to get more features

एजेन्सी,१ फागुन । एउटा व्यक्तिलाई एकैपटक मलेरिया,चिकनगुनिया तथा डेंगुको संक्रमण हुन सक्ने नयाँ तथ्य बाहिर आएको छ । एकैपटक ३ प्रकारका इक्फेक्सन हुने घटना निकै कम मात्रामा भएपनि तर यो यदाकदा हुने गरेको चिकित्सकहरु बताउँछन् । 

भारतको जामिया मिलिया इस्लामिया विश्वविद्यालयमा हालै गरिएको अध्ययनलाई आधार मान्दै मेडिकल जर्नलमा प्रकाशित समाचारमा यो घटना उल्लेख गरिएको छ । 

अनुसन्धानकर्ता मोहम्मद अब्दुल्लाका अनुसार पहिलो घटनाको रुपमा एउटा यस्तो घटना भएको थियो  जहाँ एक ३ वर्षिय बालक जो अगस्त २०१६मा जामियाको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको थियो ।

यस्तै अर्को घटना त्यसको ठीक एक महिनापछि भएको थियो जो २१ वर्षिय एक युवक उपचारका लागि सोही प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि गएका थिए । अनुसन्धानकर्ता अब्दुलाका अनुसार दुवै जनामा निकै ज्वरो आएको थियो र दुवैको टाउको दुखाई पनि अत्याधिक मात्रामा रहेको थियो । उनीहरुको मलेरिया परीक्षण रिर्पोट पोजेटिभ आएको थियो ।

त्यसपछि उनीहरुको उपचार शुरु भएको थियो तर चिकनगुनिया र डेंगुको रिपोर्ट भने आइसकेको थिएन । उनले अगाडि भने 'जब बाँकी रोगको पनि रिर्पोट आयो  हामी आफै चकित भयौं । किन भने बाँकी २ रोगको टेष्ट पनि पोजेटिभ नै आयो।'

चिकित्सकहरुका अनुसार यस्ता प्रकारका  संक्रमणका लागि नेशनल प्लान र कार्यान्वयन अति जरुरी छ । यस्ता जटिल खालका संक्रमणका लागि छुट्टै व्यवस्थित तरिका बनाएर उपचार गर्न सकेमा मात्र यसको सहज उपचार संभव हुनेतर्फ  डाक्टरहरुले सचेत गराएका छन् ।

Last modified on 2018-02-14 09:03:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts