बहिनीले जुराइदिएको विवाह साइत



Download our app to get more features

नियमित भेटघाट हुन थालेपछि डा. जया र डा. प्रदिपको प्रेम नजाँनिदो रुपमा झाँगियो । तर विवाह अघि एकअर्काको मुखबाट भने कहिल्यै पनि प्रेममा परेको आभाष हुने शब्द भने व्यक्त भएनन् ।

त्रिवि शिक्षण अस्पतालमा बिएमएस अध्ययन गर्दा अघिल्लो पछिल्लो ब्याचका यी दुईबीच पे्रमको अंकुरण भने प्रदिपका अक्षरबाट अंकुराएको हो । एक ब्याच सिनियर प्रदिपको नोटकपी सार्दासार्दै जयाको मनमा प्रेम अंकुरायो । प्रदिपले त पहिलो भेटमै जयालाई ‘¥याक’ हानिसकेका थिए । सोझो स्वभावका प्रदिप र कडा स्वभावकी जयाको अदृश्य मायाप्रेम मौलाउने अवसर भने दाङ्ग पुगेपछि मात्रै मिल्यो ।

नेपाल सरकारको स्वास्थ्य सेवातर्फ विशिष्ठ श्रेणी (११औं तह) को लागि लोकसेवा आयोगको लिखीत परीक्षामा नाम निकालेपछि डा. जया सत्याल अन्र्तवार्ताको तयारीमा थिइन् । सँगै सोही तहमा नाम निकालेका डा. प्रदिप केसी चीनमा अध्ययनरत थिए । यो जोडीको संयोगलाई लिपिबद्ध गर्न तीन दिनदेखिको कसरत माइतीघरको एक क्याफेमा केही समय अघि जु¥यो । जोडीलाई नै राखेर रमाइलो खोतल्ने प्रयास गर्दा गर्दै पनि डा. प्रदिप चीनमा रहेका कारण जयासँग मात्र भलाकुसारीको अवसर मिल्यो । प्रदिप भने विद्युतीय संचारको माध्यमबाट मात्रै हामीसँग जोडिए । 

संखुवासभाको हेदाङ्गमाको ब्राम्हण परिवारमा जन्मिएकी जया र अर्घखाँचीको क्षेत्री परिवारमा जन्मिएका प्रदिपबीचको प्रेममा कहिल्यै पछाडी फर्कनु परेन । तर उनीहरूले विवाह गर्ने निश्चित भएपछि मात्रै एक अर्कालाई पहिलेदेखि नै मन पराएको खुलाएका थिए । ‘प्रदिपले मलाई मन पराएको कुरा थाहा थियो, मलाई पनि उनी मन पथ्र्यो । तर परिवारको इच्छा विपरित जान चाहान्नथेँ ।’ डा. जया भन्छिन् ‘हामीले विवाह ‘कन्र्फम’ हुने भएपछि मात्रै एक अर्कालाई मन पराएको खुलस्त पारेका थियौ ।’

आइओएममा बिएमएस अध्ययनको पहिलो वर्षको प्राक्टिकलको लागि नरदेवी आयुर्वेदिक औषधालय पुगेकी जयासहितको टिमलाई सिनियर भएको दम्बसहित ‘¥याक’ हान्न ‘ग्याङ्ग’सहित प्रदिप त्यहाँ पुगेका थिए । जयालाई त्यो ‘¥याकिङ्ग ग्याङ्ग’मा प्रदिप पनि भएको थाहा थियो । तर दुईबीच बोलचाल भने एक वर्षपछि मात्रै भयो । ‘हामी जुनियर भएकाले उनीहरूको ‘ग्याङ्ग’ ¥याक गर्न आउने गर्थे ।’ जयाले भनिन् ‘फरमल बोचलचाल भने एक वर्षपछि मात्रै भयो ।’ 

प्रदिपको लेखाईले प्रेममा मलजल
बोलचालपछि जयाले प्रदिपको नोट मागेर सार्न थालिन । प्रदिपका अक्षर साह्रै राम्रा भएकाले जयालाई प्रदिपप्रति झनै श्रद्धा लाग्न थाल्यो । विस्तारै उनिहरूको चिनजान नजिकिदै गयो । साथीत्व पनि झाँङ्गिदै गयो । बर्थडे पार्टी विस गर्ने, क्याम्पसको पिकनिक क्रमशः सँगै जान थाले । दुबैले एक अर्कालाई राम्रोसँग बुझ्दै र चिन्दै गए । हक्की स्वभावकी जयालाई प्रदिपले मनमा बसाउँदै गए । तर, उनले खुलेर भन्न भने सकेनन् । ‘उनले मलाई बर्थ डे, न्यू इयरमा शुभकामना दिन्थे, त्यसमा घुमाउँरो पारामा मेरो प्रशंसा गरिएको हुन्थ्यो ।’ प्रेमको अंकुरणको समय सम्झिदै जयाले भनिन् ‘म भने अलि निमोठीएकी थिए म केही दिन्नथे । 

पढाइ सकिएपछि डा. प्रदिप दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयमा पढाउँन लागे । जयाले पनि पढाइ सक्नासाथ सोही विश्वविद्यालयबाट अफर आयो । फेरी दुबै जनाको कार्यक्षेत्र एउटै भयो । संयोग नै मान्नुपर्छ दाङबाट काठमाडौका लागि एउटै बसमा यात्रा गरिरहेका उनीहरू दुर्घटनामा परे । त्यो दुर्घटनामा जयालाई बढी चोट लाग्यो । त्यतीबेला प्रदिपले गरेको ‘केयर’ले जयालाई सोच्न बाध्य बनायो । ‘जब म त्यो दुर्घटनामा परे त्यस बेला उनले गरेको ‘केयर’ले मलाई साच्चै सोच्न बाध्य बनायो । सोच पलाए पनि परिवारको इच्छा विपरीत नजाने दृढता भने हटेन ।’ उनले भनिन् । प्रदिपलाई जया मन परेपनि क्षेत्री परिवारको भएकाले ब्राम्हण परिवारकी जयालाई पाइएला भन्ने थिएन । सोही कारण मन पराए पनि भित्रभित्रै कुरा लुकाइ राखेका थिए । 

बहिनी बनिन प्रेमको ‘टर्निङ्ग प्वाइन्ट’
सधैभरी जयाको बर्थ डेमा सिधै आफै बर्थडे कार्ड दिने प्रदिपले २०६१ मा भने जयाकी बहिनीमार्फत दिए । त्यो कुरा जयाकी बहिनीले थाहा पाएपछि उनैले घरमा कुरा चलाइन । जयाको परिवारमा कुरा पुगेको थाहा पाएपछि प्रदिप जयालाई माग्न एक्लै उनको घरमा पुगे । शिक्षित परिवार भएको हुँदा क्षेत्री परिवारका भए पनि प्रदिपले जयाको हात सहजै पाए । उनीहरूको त्यही वर्ष ‘स्टेज म्यारीज’ भयो । विवाहपछि दुबै जनाले दुई वर्ष महेन्द्र संस्कृत विश्वविद्यालयमै अध्यापन गराए । तर जयालाई विवाह पछिको हनिमुन भने याद छैन । ‘हनिमुनको त कुरै नगरौ । विवाहको दोस्रो दिन नै विधार्थी लिएर पिकनिक गइयो हनिमुन मनाउने गरी विदा नै मिलेन ।’ 

२०६३ मा लोकसेवाबाट स्वास्थ्य सेवाको अधिकृतमा पहिलो स्थानमा नाम निकालेकी जयाको पोष्टिङ धादिङ भएको थियो । त्यसपछि उनी सरकारी कोटामा अध्ययनका लागि चीन गइन । त्यहाँबाट फर्किएपछि उनी २०७१ देखि नरदेवीमा आठौ तहमा काम गरीरहेकी छिन् । अहिले उनले ११औं तहको लिखितमा नाम निकालेकी छिन् । प्रदिपले पनि नेपाल सरकारको ११औं तहमा लिखितमा नाम निकालेका छन् । अहिले स्वास्थ्य मन्त्रालयबाट आयुर्वेद तर्फको विशेषज्ञ समूहमा चीनमा अध्ययनरत छन् । 

अर्को संयोग कस्तो भने जब सरकारी जागीरमा उनीहरू प्रवेश गरे दुबै जनाले यसअघि पनि चीनबाट सरकारी कोटामासंगै अध्ययन गर्न पाए । त्यही हुँदै छोरी जन्मिएपछि उनीहरूको परिवार दुईबाट तीन बन्यो । दुबै जना जागीरे भएकोले घर परिवार सञ्चालनमा दुबैजनाले बरावर बाँडेर काम गर्ने गरेका छन् । जयाले भनिन् ‘एक जनाले खाना पकाए अर्कोले भाडा माझ्छौ ।’

जयालाई प्रदिपको मनपर्ने बानी 
काममा सघाउने ।
घरायसी कुरा सबै आउँछ ।
काममा लगाव भएको ।
नहड्बढाउने ।
सबै खालका कुरा बुझ्ने ।

नराम्रा बानी
एकोहोरो खालका छन् । 
सरसफाईमा खासै ध्यन नदिने । 
कुनै पनि काममा हतार नगर्ने ।
योजना बनाएर काम नगर्ने ।
क्रिकेटको क्रेजी । 
छोरीलाई केही कुरामा नकराउने ।

प्रदिपलाई जयाका मनपर्ने कुरा
मेहनती र मिलनसार ।
संघर्षशील र सत्यको पक्षधर ।
निडर र निर्भक ।
ह्क अधिकार प्राप्तिमा कटिबद्ध ।
सरसफाईमा विशेष ध्यान दिने ।

मन नपर्ने बानी
काम कुरा बिर्सने ।
कडा स्वभाव ।
कढी व्यस्त रहने ।
कहिले काही तास खेल्दा पनि रिसाउने ।
अनावश्यक चिन्ता लिने । 

(हाम्रो डक्टर मासिक पत्रिकाबाट)

Last modified on 2018-02-18 08:51:16

1 Comments

  1. काशिराज सुवेवीon Fri, Mar 02 2018 12:12 PM

    रोचक कथा ।धन्यवाद ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts