अंगुरले स्वास्थ्य मात्रै होइन सौन्दर्य पनि बढ्छ



Download our app to get more features

गर्मी मौसममा मात्रै होइन मनसुन र जाडो महिनामा पनि छालाको स्याहार गर्नु उत्तिकै आवश्यक हुन्छ ।

जाडो मौसममा धेरै बेरसम्म घाम बस्ने हुँदा छालाको चमक घट्न सक्छ । साथै यो मौसममा उड्ने धूलो, माटो, प्रदूषित धुवाँ र अन्य कारणले पनि छालामा विभिन्न समस्या देखिनसक्छ । यी प्रदूषणले छालामा रगतको मात्रा कम गराउन सक्छ । यस्तो अवस्थामा मौसमी फलफुलको प्रयोगले छालाको स्याहार गर्न  सकिन्छ । मौसमी फल मध्ये अंगुर निकै उपयोगी हुनसक्छ ।

अंगुर बजारमा सजिलै किन्न पाइने फल हो । जाडो मौसममा अंगुर सजिलै पाइने हुँदा यसको फेस प्याक बनाएर अनुहार वा अन्य भागमा लगाउँदा प्राकृतिक सौन्दर्य पाउन सकिन्छ । यसरी बनाउनुहोस् अंगुरको फेस प्याक ः—

१. अंगुर र पुदिना  
अंगुर र पुदिनाको पातलाई मसिनो गरेर पिस्ने । उक्त पेष्टमा कागतीको रस केही थोपा राख्ने । यसरी पिसेको पेष्टलाई छालामा दाग भएको स्थानमा लगाउने । करिब २० मिनेट पेस्टलाई अनुहारमै सुक्न दिने । त्यसपछि मनतातो पानीले अनुहार धुने । त्यसपछि बरफको एक टुक्रालाई गुलाब जलमा डुबाएर अनुहारमा मसाज गर्ने । यसले छालामा निखार ल्याउनुका साथै छाला चिल्लो छ भने राहत हुन्छ । 

२. अंगुर र गाजर 
अंगुरलाई राम्रोसँग पिसेर एउटा कचौरामा राख्ने । त्यसमा गाजरको जुस र चामलको पिठो राखेर राम्रोसँग मिसाउने । तयार पेष्ट अनुहारमा लगाएर केही समय सुक्न दिने । त्यसपछि मन तातो पानीले अनुहार धुने । यो पेष्टको प्रयोगले छाला कसिलो हुनुका साथै चम्किलो पनि हुन्छ । 

३. चिल्लो स्किनका लागि अंगुरको फेस प्याक 
अनुहार निकै चिल्लो छ भने अंगुरको फेस प्याक निकै फाइदाजनक हुन्छ । फेस प्याक बनाउनका लागि एउटा सानो कचौरामा मुल्तानी माटो लिने, त्यसमा केही थोपा गुलाब जल र केही थोपा कागतीको रस राख्ने । सो मिश्रणमा अंगुरको पेष्ट राखेर राम्रोसँग मिक्स गर्ने र तयार पेष्ट अनुहारमा लगाउने । लगभग २० मिनेटपछि अनुहार सामान्य पानीले धुने । 

(ब्यूटिसियन ममता साहसँगको कुराकानीमा आधारित)

Last modified on 2018-02-19 09:55:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts