४९ बर्ष मुनिका महिलाको मृत्युको पहिलो कारण आत्महत्या



Download our app to get more features

काठमाण्डौं, १४ फागुन । नेपालमा आत्महत्याका घटना पछिल्ला दिनामा बढ्दै गएका छन् ।

विभिन्न प्रकारका घरेलु तथा लैङ्गिक हिसांका कारण पछिल्ला दिनमा आत्महत्याका घटना बढ्दै गएका हुन । आत्महत्या गर्नेहरुमा १५ देखि ४९ वर्ष मुनिका प्रजनन उमेर समूहका महिलाहरु बढी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आत्महत्या गर्नेहरुमा गर्भवती, सुत्केरी, घरेलु तथा लैङ्गिक हिंसाबाट प्रभावित महिलाहरु बढि देखिएका छन् । सरकारले राष्ट्रिय स्वास्थ्य नितिमा उल्लेख गरे अनुसार जेष्ठ नागरिक, लागु औषध दुव्र्यसनमा परेका व्यक्तिहरु, अल्पसंख्यक समूहमा रहेका व्यक्तिहरु, मानव अधिकार उल्लंघन तथा विभेदमा परेका व्यक्तिहरु,  लैङ्गीक अल्पसंख्यक, कारागारमा सजाय भोगिरहेका व्यक्तिहरु, द्वन्द्वबाट प्रभावित व्यक्तिहरु तथा पूर्व लडाकु, प्राकृतिक विपदमा परेका व्यक्तिहरुमा मानसिक स्वास्थ्य समस्याको जोखिममा रहेकाहरुमा छ ।

२० वर्ष पछि बनेको राष्ट्रिय मानसिक स्वास्थ्य नितिमा यो कुरा स्पष्टका साथ उल्लेख गरेको हो । 

२० लाख मानिसमा डिप्रेशन र चिन्ताजन्य समस्या
नेपालमा कति जनसंख्यामा मानसिक स्वास्थ्य समस्या छ भन्ने देशव्यापी अध्ययन अनुसन्धान भएको छैन । सिमित भौगोलिक क्षेत्रमा सञ्चालन गरिएको कार्यक्रम र अध्ययनको आधारमा डिप्रेशन र चिन्ताजन्य समस्या क्रमश ३३.४ र २७.७ प्रतिशत सम्म पाईएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बालबालिका तथा किशोर किशोरीहरुमा भावनात्मक, व्यवहारिक तथा अन्य खालको मानसिक स्वास्थ्य समस्या देखिएको छ । नेपालमा लगभग २० लाख बालबालिका तथा किशोर किशोरीहरु मानसिक स्वास्थ्य समस्याबाट प्रभावित रहेको अधिकारीहरु बताउछन् ।  

मानसिक स्वास्थ्य कार्ययोजना २०२०
विश्व स्वास्थ्य संगठनको मानसिक स्वास्थ्य कार्ययोजना सन् २०१३ देखि २०२० सम्ममा सदस्य राष्ट्रहरुले राष्ट्रिय मानसिक स्वास्थ्य नीति अद्यावधिक गर्नुपर्ने कुरा उल्लेख गरिए बमोजिम सरकारले नयाँ राष्ट्रिय नीति ल्याएको हो । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य अनुसार सन् २०१६ देखि २०३० सम्ममा मानसिक स्वास्थ्यलाई प्राथमिकताका साथ राखी मानसिक स्वास्थ्यको प्रवद्र्धन गर्ने, नसर्ने रोगहरुबाट हुने मृत्युदरलाई एक तिहाईले कम गर्ने र लागू पदार्थ दुब्र्यसनिको रोकथाम, उपचार र पुनस्र्थापना गर्ने लक्ष्य राखिएको छ ।

मन्त्रालयका एक अधिकारीले भने, ‘दश वर्षे लामो द्वन्द्व, लामो समयदेखिको राजनैतिक अस्थिरता, रोजगारीको लागि युवाहरुको ठूलो हिस्सा विदेश पलायन, गरिबी तथा अव्यवस्थित सहरिकरण, प्राकृतिक विपत्तिको कारण धनजनको क्षतिले निम्त्याएको पीडा, आदि जस्ता कारणले नेपालमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको हो । यस्तो अवस्थामा मानसिक समस्यामा परेका व्यक्तिलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा उपलब्ध गराउन राज्यले समय सापेक्ष मानसिक स्वास्थ्य नीति, २०५३ पुनरावलोकन गरेको हो ।’

अझैपनि धामिझाक्रिकै भर 
बि.स २०१८ सालमा नेपालकै पुरानो वीर अस्पतालको बहिरङ्ग सेवाबाट मानसिक स्वास्थ्य सेवा सुरु गरिएको थियो । मानसिक स्वास्थ्य सेवा हाल आएर शहरी क्षेत्रका केही सरकारी अस्पताल तथा निजी स्वाथ्य संस्था मार्फत सिमित व्यक्तिको पहुँचमा उपलब्ध भए पनि बहुसंख्यक नागरिकहरु भने अझै पनि धामिझाँक्रि, झारफुक कै भरमा रहेका छन् । 

मानसिक स्वास्थ्यका चुनौतिहरु

  • मानसिक स्वास्थ्य हेर्ने गरी अधिकार सहितको क्रियाशिल एउटा छुट्टै शाखा नभएको कारणले राष्ट्रिय मानसिक स्वास्थ्य नीति तथा कार्ययोजनाले भने बमोजिम मानसिक स्वास्थ्यलाई एकिकृत गरेर अगाडि लैजान नसक्नु । 
  • मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुको हक, अधिकारको संरक्षण गर्नको लागि पटक पटक प्रयास गर्दा पनि कानुन बनाएर लागू गर्न नसक्नु । 
  • मानसिक स्वास्थ्य समस्याको भारको आधारमा यस क्षेत्रको बजेट न्युन छ ।
  • मानसिक स्वास्थ्यको क्षेत्रमा विशेषज्ञ स्तरको जनशक्ति ज्यादै न्यून छ र विशेषज्ञ स्तरको जनशक्तिले प्रदान गर्ने सेवा शहर केन्द्रित हुदा ग्रामिण भेगमा बसोबास गर्ने मानिसहरुको पहुँचमा पुगेको छैन । मानसिक स्वास्थ्यको प्रवद्र्धन, रोकथाम, उपचार, पुनस्र्थापनामा सोचे अनुसार काम हुन नसक्नु । 
     
Last modified on 2018-02-27 13:45:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts