मक्का मदिना जाने १५ सय हजयात्रीलाई विशेष खोप



Download our app to get more features


काठमाडौं, १६ फागुन । सन् २०१८ मा साउदी अरवमा हुने मक्का मदिना हजमा सहभागी हुने नेपालीहरुको स्वास्थ्यको जोखिमलाई ध्यानमा राखेर सरुवा रोग सम्बन्धी बिभिन्न खोप लगाइने भएको छ । विश्वका मुस्लिम समुदाय सहभागी हुने उक्त हजमा बिभिन्न प्रकारका सरुवारोग सर्न सक्ने भन्दै सरकारले हजमा सहभागी हुने १५ सयलाई बिशेष खोप दिने भएको हो ।

विश्वभरका लाखौ नागरिक साउदी अरवमा हुने ४५ दिने मक्का मदिना हजमा सहभागी हुने छन् । हज कमिटिका अध्यक्ष मोहमद सोयदका अनुसार हजमा सहभागी हुने नेपालीहरु आगामी साउन १६ देखि २२ भित्र साउदी अरव पुगिसक्नु पर्ने छ । उनले भाद्र ४ देखि ९ सम्म २४ सै घण्टा हज गरिने बताए । 

विश्वभरका नागरिकहरु हजमा आउने छन, ‘उनले भने, विश्वमा बिभिन्न प्रकारका नयाँ रोगहरु देखिएका छन् । उक्त रोग नेपाल भित्रने डरले सहभागी हुनेहरुलाई बिशेष प्रकारको खोप दिन लागिएको हो ।’

धर्म निरपेक्ष देशमा राज्यको अनुदान 
धर्म निरपेक्ष देश भए पनि नेपालले साउदी अरवको मदिनामा हज गर्न जाने मुस्लिम समुदायलाई राज्यकै तर्फबाट केही अनुदान दिने गरेको छ । आधा रकम हजयात्रीबाट उठाईन्छ भने बाँकी राज्यले दिने गरेको छ । अध्यक्ष सोयदका अनुसार हजमा छानिएका मध्येबाट जनही १ लाख ८० हजारका दरले उठाईने छ । यो टिकट खर्च मात्रै हो उनले भने, ‘यस पटक देखि खान पनि बाहिर नदिने कुरा आएको छ । हजमै खानु परेको खण्डमा थप रकम लाग्न सक्छ ।’ 

सन् २०१८ मा हजमा जान चाहनेले फागुन १५ गतेसम्म अर्थात आजसम्म निवेदन दिने छन् । उनले गत वर्षका ७ सय जना लैजान बाँकि रहेको बताउदै उनिहरुलाई पठाउने र बाँकि पाँच सय जनालाई वर्गिकरण गरेर छुट्याउने स्पष्ट पारे । अध्यक्ष सोयदका अनुसार गत वर्ष २९ जिल्लाबाट निवेदन परेको थियो । 

महामारिको जोखिम भएकाले खोप
गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिको सचिवालयले स्वास्थ्य मन्त्रालयलाई हजमा सहभागी हुने १५ सय जनालाई बिशेष खोप दिन आग्रह गरेको हो । सरुवारोगको जोखिम युक्त देश भएकाले नेपालमा नआओस भनेर खोप दिन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनिहरुको स्वास्थ्यलाई मध्यनजर गरी मेनेन्जाइटिस, पोलियो, भाईरल फ्लु र इन्फ्लुन्जा विद्धको खोप लगाइने भएको हो । 

नेपाल हज समितिले पनि सोही खोप लगाईदिन भन्दै मन्त्रालयलाई पत्र काटेको छ । उसले पत्रमा भनेको छ, जोखिम न्युनिकरण गर्न खोप नलगाई जान प्रतिवन्ध छ त्यसैले आगामी ०७५ साउन १५ देखि साउन २१ गते सम्म खोप लगाउन अनुरोध गरिन्छ । सोयदले सुरक्षित सहन खोप अनिर्वाय भएको बताए । (आजको नयाँ पत्रिकाबाट)
 

Last modified on 2018-03-01 16:06:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts