डा. देवकोटा चैत्र पहिलो हप्ता स्वदेश फर्कने



Download our app to get more features

काठमाडौं, २० फागुन । करीब तिन महिनादेखि बेलायतमा उपचाररत वरिष्ठ डाक्टर उपेन्द्र देवकोटाको स्वास्थ्यमा सुधार आएको छ । न्यूरो विशेषज्ञ डा. देवकोटाको स्वास्थ्यमा सुधार आएसंगै उनि चैत्र पहिलो हप्ता स्वदेश फर्कने भएका छन् । 

न्युरो अस्पताल बाँसबारीका प्रशासकीय अधिकृत विद्याकर अधिकारीका अनुसार डा. देवकोटाको स्वास्थ्यमा सुधार आएको छ । मंसिर १० गते चिर्वाचनको प्रचार प्रसारका बेला बिरामी परेका डा. देवकोटा उपचार गराउन लागि बेलायत गएका थिए । 

‘देवकोटाको स्वास्थ्यमा अहिले सुधार आएको छ,’ ‘उनी बेलायतको डेनमार्कहिलमा बस्दै आएका छन् । बिचमा कुनै स्वास्थ्य समस्या नदेखिए चैत्रको पहिलो हप्ता नेपाल आउने कार्यक्रम छ ।’ देवकोटासंग प्रत्येक दिन कुराकानी भइरहेको अधिकारीले बताए । 

क्यान्सर रोगको आशंका गरिएका देवकोटाको लन्डनको किंग्स कलेज हस्पिटलमा उपचार भएको थियो । 

 

(आजको नयाँ पत्रिका दैनिकबाट)

Last modified on 2018-03-04 09:37:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts