मिडवाईफ्री शैक्षिक कार्यक्रम पाठ्यपुस्तक मै समावेश



Download our app to get more features

काठमाडौं, २२ फागुन ।सरकारले स्थानीय तह लक्षित गरी मिडवाईफ्री शैक्षिक कार्यक्रम पाठ्यक्रम मै समावेश गराउने भएको छ । ब्याचलर लेभलको मिडवाईफ्री पढाई सुरु भएको दोस्रो वर्षमा सरकारले प्रविणता प्रमाणपत्र तह  देखि मिडवाईफ्री शैक्षिक कार्यक्रम सम्बन्धी राष्ट्रिय एकीकृत पाठ्यक्रम तयार गर्न लागिएको हो ।

मिडवाईफ्री सम्बन्धी राष्ट्रिय एकीकृत पाठ्यक्रम तयार पार्न स्वास्थ्य मन्त्रालयले नर्सिङ शाखा प्रमुखको संयोजकत्वमा ११ सदस्य कार्यदल गठन भएको छ । माघ २५ गतेको स्वास्थ्य मन्त्रालय सचिव स्तरीय निर्णय अनुसार प्राविधिक शिक्षा व्यवसायीक तालिम परिषद सानोठिमी त्यसको सदस्य सचिव रहने व्यवस्था छ । स्वास्थ्य मन्त्रालय नर्सिङ शाखाका अनुसार ब्याचलर लेभलको पढाई सुरु भएपनि अनमिहरुलाई लक्षित गरि मिडवाईफ्री शैक्षिक कार्यक्रमलाई पाठ्यक्रमका रुपमा समावेश गराउने काम सुरु भएको हो । पाठ्यक्रममा समावेश भए स्टाफ नर्स संगै मिडवाईफ्री अध्ययन गर्न सकिने छ । 

स्वास्थ्य मन्त्रालय कम्युनिटी नर्सिङ अधिकृत अमृता पहाडीका अनुसार अनमिलाई क्षमता बृद्धि गर्ने उदेश्यले प्रविणता प्रमाणपत्र तह देखि मिडवाईफ्री शैक्षिक कार्यक्रम तय गर्न लागिएको हो । गर्भावस्था र त्यस पछिको स्वास्थ्य अवस्थालाई राम्रोसंग नियाल्न मिड्वाईफ्रीको आवश्यकता पर्दछ । राम्रा प्रशिक्षण गरिएका योग्य व्यवसायिक मिड्वाइफ्रीहरुले गर्भावस्था र प्रसववास्था भरी दयालु र समग्र हेरचहा गर्ने गर्दछन् उनले भनिन । मन्त्रालयका अनुसार हाल स्वास्थ्य संस्थामा काम गरिरहेका अनमिलाई ७० प्रतिशत र नयाँ स्टाफ नर्सका लागि ३० प्रतिशत छुट्याईने भएको छ ।

मातृ तथा शिशु मृत्युदर घटाउन मिडवाईफ्री आवश्यक 
स्वास्थ्य मन्त्रालयका अनुसार हाल ९ हजारको संख्यामा मिडवाईफ्री आवश्यक छ । ‘नेपालमा मिडवाईफ्रीको आवश्यकता महशुस गरि काठमाडौं विश्वविद्यालयले २०१६ देखि चार बर्षे र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल नर्सिङ् क्याम्पसले गत वर्षबाट तीन बर्षे स्नातक तहको मिड्वाइफ्री शैक्षिक कार्यक्रम सुरु गरेको हो, पहाडीले भनिन,’ ‘सबैलाई एकिकृत रुपमा ल्याउन पाठ्यक्रम परिवर्तन गर्न लागिएको हो ।’ उनका अनुसार पाठ्यक्रम परिवर्तन संगै मिडवाईफ्री कार्यक्रम तीन वर्षे बनाईने छ । गर्भवती आमा र नवजात शिशुको मृत्युदर घटाउन सरकारले मिडवाईफ्री कार्यक्रम लागु गरेको छ । 
नेपालमा प्रतिवर्ष झण्डै ६ लाख ५० हजार नवजात शिशुहरुको जन्म हुन्छ । जसमध्ये १३ हजार नवजात शिशु जन्मेको २८ दिन भित्र मृत्यु हुने गरेको छ । चिकित्सकहरुका अनुसार नेपालमा अहिले पाँच वर्ष भन्दा मुनिका बालबालिकाको मृत्युको करिब ५५ प्रतिशत हिस्सा नवजात शिशुले ओगटेको छ । राष्ट्रिय जनसांख्यिक स्वास्थ्य सर्वेक्षणले सन् २००६ मा प्रतिहजार जीवित जन्ममा ३३ रहेकोमा २०१७ मा आईपुग्दा नवजात शिशुमृत्युदर २१ मा झरेको देखाएको छ । मातृ मृत्युदर भने प्रति १ लाख जीवित जन्ममा २ सय ३९ जना आमाको मृत्यु हुने गरेको देखाएको छ । यसअघि नेपालमा मातृ मृत्युदर प्रति १ लाख जीवित जन्ममा २ सय ५८ जना थियो । यस दरलाई घटाउन पनि मिडवाईफ्रीको आवश्यकता महशुस गरिएको हो ।
 (आजको नयाँपत्रिका दैनिकबाट)
 

1 Comments

  1. शारदा घिमिरे on Sat, Mar 10 2018 03:28 PM

    Midwifery लाई पाठ्यक्रम मा राख्ने कुरा राम्रो हो ।अतिनै आबस्यक पनि हो तर SBA ko courses लाई राख्नु पर्दछ। हुनत हाल पनि समाबेसै छ तर पर्याप्त छैन।तेसैले SBA ko purai विधि अनुसार प्राक्टिकल पनि हुनु आबस्यक छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts