चिकित्सा शिक्षामा फर्जी फ्याकल्टी रोक्न अनिवार्य औंठा छाप



Download our app to get more features

काठमाडौं, १२ चैत्र । चिकित्सा शिक्षा अध्यापन गराइने मेडिकल कलेजमा फर्जी फ्याकल्टी (नक्कली विषयगत शिक्षक) सञ्चालनमा संस्थागत मिलेमतो देखिएपछि कारबाहीको दायरामा ल्याउन नेपाल मेडिकल काउन्सिलले विषयगत शिक्षकको औंठा छाप लिन थालेको छ ।

चिकित्सा शिक्षालाई गुणात्मक ढंगले अध्यापन गराउनुको साटो निजी मेडिकल कलेजले न्यून खर्चमा अध्यापन गराउन खडेबाबा (नक्कली शिक्षक) राखेको पाइएपछि बायोमेट्रिक प्रणालीमार्फत औंठा छापसहितको रेकर्ड लिन थालिएको हो ।

मेडिकल कलेजमा पढाउने विषयगत शिक्षकको औंठा छाप लिन थालिएको काउन्सिलका अध्यक्ष प्राडा धर्मकान्त बास्कोटाले बताए । हालसम्म काठमाडौं बाहिरका सबै मेडिकल कलेजमा काउन्सिलको टोली गई विषयगत शिक्षकहरूको बायोमेट्रिक लिइसकेका छन् ।

काउन्सिल अध्यक्ष डा.बास्कोटाका अनुसार राजधानीका मेडिकल कलेजमा अध्यापनरत विषयगत शिक्षकको औंठाछाप रेकर्ड ल्याउने कार्य भइरहेको छ । रेकर्ड लिँदा बायोमेट्रिक डिभाइस प्रयोग गरिएको उल्लेख गर्दै उनले भने, ‘अनुगमनका क्रममा पछि जाँदा डिभाइसमा भएको रेकर्डअनुसार औंठाछाप मिल्छ कि मिल्दैन चेक गर्छौं । रेकर्डमा मिलेन भने कारबाहीको दायरामा ल्याउँछौं । अब खडेबाबाहरूको खैरियत छैन ।’

(आजको अन्नपूर्ण पोष्टबाट)

Last modified on 2018-03-26 09:21:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts