क्यान्सरको अन्तिम अवस्थामा पनि परिवारको मायाले ८ बर्षसम्म बाँचेकी यशोदा



Download our app to get more features

काठमाडौं, २० चैत । हास्य कलाकार मदनकृष्ण श्रेष्ठकी श्रीमती यशोदा श्रेष्ठको निधन भएको छ । 

लामोसमयदेखि क्यान्सरबाट पीडित यशोदाको ६७ बर्षको उमेरमा सोमवार  निधन भएको हो । यशोदाले हरिसिद्धिस्थिति नेशनल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरमा क्यान्सरको उपचार गराउदै आएकी थिइन् ।

यशोदालाई ठूलो आन्द्राको क्यान्सर भएको थियो  । क्यान्सरको अन्तिम अवस्था अर्थात चौंथो स्टेजमा मात्रै उनलाई क्यान्सर लागेको पत्ता लागेको थियो । परिवारको निरन्तर सहयोग र साथका कारण यशोदा क्यान्सरको अन्तिम अवस्थापछि पनि आठबर्षसम्म बाँच्न सफल भएकी थिइन् । 

नेपाल क्यान्सर अस्पलालका निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठले भने 'यशोदा म्यामकोे डाइग्नोष्टिक गर्दा क्यान्सर चौंथो स्टेजमा पुगिसकेको थियो ।' 'परिवारको हेरचाह र मायाका कारण वहाँ आठबर्षसम्म बाँच्न सफल भएकी थिइन्' उनले भने । 

४० बर्ष नाघेका मानिसमा ठूलो आन्द्राको समस्या अधिक हुन्छ । शुरुमा दिसामा परिवर्तन भएर आउँ वा पखाला लागेको जस्तो हुन्छ । क्यान्सर भएको थाहा नपाएर आउँ वा अन्य रोगको औषधि खाइरहँदा क्यान्सर थप जटिल बन्दै जाने डा.श्रेष्ठको भनाइ छ ।

यशोदाको क्यान्सर अन्तिम अवस्थामा पुगेपछि मात्रै अस्पताल भर्ना भएका कारण लिभरमा समस्या देखिएको डा. श्रेष्ठले बताए । ठूलो आन्द्राको अपरेशनपछि यशोदाको पटकपटक किमोथेरापी समेत गरिएको थियो ।  

उनलाई ठूलो आन्द्राको क्यान्सरपछि लिभर र फोक्सो लगायत अन्य अंगमा समेत क्यान्सर फैलिँदै गएको थियो । उनलाई ठूलो आन्द्रा, लिभर र फोक्सोमा पटकपटक किमोथेरापी दिइएको थियो । यशोदाको उपचारमा अस्पतालले कुनै कसर बाँकी नराखेको डा. श्रेष्ठले बताए । 

चौथो स्टेजमा क्यान्सर पत्ता लागेपनि आठबर्षसम्म बाँच्नुको पछाडी वहाँलाई परिवारको ठूलो सहयोग थियो डा. श्रेष्ठले भने । आमा विरामी भएको थाहापाएपछि विदेशमा रहेका यशोदाका छोराछोरी समेत उनको हेरचाहमा लागेको डा. श्रेष्ठले बताए । 

'छोराछोरी सबै वहाँको हेरचाहमा लागेको थियो भने मदन दाई पनि निरन्तर साथमै थिए' डा. श्रेष्ठले भने । 

Last modified on 2018-04-04 13:27:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts