यी अवस्थामा खाए वीष सरह बनिदिन्छ 'तुलसीको पात' 



Download our app to get more features

 हुन त तुलसीको पातले विभिन्न किशिमका स्वास्थ्य समस्याहरुलाई निर्मुल पार्ने गर्दछ ।

आयुर्वेदमा पनि तुलसीको महत्वका बारेमा निकै चर्चा गरिएको छ । करिब–करिब सबै नेपालीको घरमा तुलसीको पात राखिएको हुन्छ भन्दा अतियूक्ती नहोला । तुलसीको पूजा गर्नुका साथै यसको डाँढ तथा पातलाई औषधिको रुपमा पनि प्रयोग  गर्ने गरिन्छ । तर धेरैलाई थाहा नहुन पनि सक्दछ की तुलसीको पातले साइड इफेक्क पनि गर्छ । बहुगुणी तुलसीको पात कुन अवस्थामा कस्ले सेवन गर्दा बेफाइदा हुन्छ त आउनुहोस् जानौं ।

गर्भवती महिलाका लागि ठीक हुदैंन
तुलसीको पातले गर्भवती महिलाको स्वास्थ्यसँगै पेटमा हुर्किरहेको बच्चालाई पनि नोक्सान पुर्याउन सक्दछ । यतिसम्म कि कुनै–कुनै अवस्थामा त गर्भपात अर्थात गर्भ नै तुहिनेसम्म हुन सक्दछ । तुलसीको पातमा ऐस्ट्रागल नामक एक तत्व रहने गर्दछ जसले गर्भासयमा असर पुर्याउने गर्दछ । 

मधुमेहका बिरामीले पनि  तुलसी नखाऔं
विभिन्न किशिमका अध्ययनहरुका अनुसार तुलसीको पातहरुको सेवनले रगतमा चिनीको मात्रा कम हुन जानछ । मधुमेहका बिरामी जो औषधि सेवन गरिरहेका छन् भने तुलसीको पात खानु निकै हानिकारक बन्न सक्दछ । औषधिको साथै तुलसीको पातले रगतमा चिनीको मात्रा ह्वात्तै घट्दा समस्या आउन सक्दछ । 

फर्टिलिटीमा समस्या
हुनत यस विषयमा गहिरो गरी अध्ययन हुन बाँकी रहेपनि यसको सेवनले सन्तान उत्पादन गर्ने उमेरका पुरुष तथा महिलाहरुमा उनीहरुको सन्तान उत्पादन क्षमतामा ह्रास ल्याइदिन सक्छ । तुलसीमा प्रजनन सम्बन्धि हर्मोन कम  गर्ने क्षमता रहने हुँदा पनि फर्टिलिटीमा समस्या आउन सक्दछ । 

रगत पातलो गर्दछ
तुलसीको पात सेवनले शरीरमा रहेको रगत पातलो गर्न मद्दत गर्दछ । यदि कसैले रगत पातलो गर्ने औषधि लिइरहेको अवस्थामा तुलसीको पात पनि सेवन गरेमा दुवैको मिसावटले मानिसलाई नराम्रो असर पार्न सक्दछ । यसकारण तुलसीको पात वा अन्य औषधिमध्ये एउटा मात्र सेवन गर्नुपर्दछ । 

कलेजोलाई असर पर्न सक्छ
डब्लुएचओका अनुसार हामीले दुखाई कम गर्ने औषधि सेवन गरिरहेको बेला तुलसीको पात खानु हुँदैन् । यी दुवै चिज एकै पटक वा एकै समयमा नियमित खाएमा यसले कलेजोको कार्यप्रणालीमा गम्भीर असर पार्न सक्दछ । 

दाँतमा दब्बा पर्न सक्दछ
तुलसीको पातलाई चपाएर भन्दा सिधै निल्न चिकित्सकहरुले सुझाव दिने गर्दछन् ।किने भने तुलसीमा रहेको एक प्रकारको तत्वले मानिसको दाँतमा कालो दाग वा दब्बा बनाइदिन सक्दछ । यसकारण दाँतको प्राकृतिक चमक हराउन नदिन पनि तुलसीको पात चबाएर खानु राम्रो हुँदैन् ।

(नवभारत टाइम्स)

Last modified on 2019-02-06 06:15:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts