यस्ता व्यक्तिमा पाठेघरको मुखको क्यान्सरको जोखिम उच्च

भिडियोसहित



Download our app to get more features


डा. अन्जु श्रेष्ठ
अंकोलोजी, नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर
पाठेघरको मुखमा असामान्य परिर्वतन भई सो स्थानको कोषमा अनावश्यक र अनियन्त्रित वृद्धि भइ घाउ, गिर्खा बन्नुलाई पाठेघरको क्यान्सर भनिन्छ । समयमा रोगको पहिचान र उपचार नभए यो रोग शरीरको अन्य भागमा पनि फैलिन सक्छ । जसका कारण मानिस मृत्युको मुखमा पुग्छ ।
पाठेघरको मुखको क्यान्सर हुयमन प्यापिलोमा भाइरसका कारणले हुन्छ । महिलाको प्रजनन् प्रणाली अत्यन्तै संवेदनशील, परिवर्तनशील भएकाले हर्मोन तथा रसायनहरूले तिव्र रुपमा प्रभाव पार्छन । यस्ता हर्मोन र रसायनका कारण पाठेघरको मुखको क्यान्सर बाहेका योनीद्वारको क्यान्सर र डिम्बाशयको क्यान्सर पनि हुनसक्छ । 

पाठेघरको मुखको क्यान्सरको कारण

विशेष गरी यो क्यान्सर हुयमन प्यापिलोमा भाइरसका कारणले पाठेघरको मुखको  क्यान्सर हुन्छ । यो लामो समयसम्म संक्रमण भयो भने हुन्छ । यस्तै धेरै पुरुषसँग यौनसम्पर्क राखेमा पनि हुने सम्भावना धेरै हुन्छ ।

यस्ता व्यक्तिमा पाठेघरको मुखको क्यान्सरको जोखिम उच्च 

  • सानो उमेरमा विवाह गरेकालाई । 
  •  सानो उमेरमा बच्चा जन्माएकालाई ।
  • धेरै बच्चा जन्माउने महिलालाई । 
  • एक भन्दा बढी पुरुषसँग यौन सम्पर्क राख्ने महिलालाई हुन्छ ।
  • धुम्रपान गर्ने महिलालाई । 

लक्षणहरू :

सुरुकै चरणमा यो रोगको लक्षण नदेखिन पनि सक्छ । तर केही व्यक्तिलाई यस्तो लक्षण पनि देखिनसक्छ । 

  • यौन सम्बन्ध राखेपछि रगत बग्ने । 
  • महिनावारी सुके पनि रगत देखा पर्ने ।
  • योनीबाट गनाउने सेतो पानी लगातार बग्ने । 

रोकथाम :

  • समय समयमा पाठेघरको मुखको पानी जाँच गर्ने ।
  • एचपीभी (डियनए) को जाँच गर्ने । जसबाट क्यान्सरको भाइरस छ वा छैन पत्ता लाग्छ ।

उपचार :

  •  सुरुको अवस्थामा क्यान्सर भएमा अप्रेसन गरिन्छ । दोस्रो चरणमा भए किमोथेरापी र रेडियोथेरापी दिइन्छ ।
  •  हुयमन प्यापिलोमा भाइरसको खोप लगाउने ।
  •  बिरामीको दुखाई कम गर्न आवश्यक उपचार विधि अपनाउने ।

 भिडियो  हेर्नुहोस्:

 

Last modified on 2018-07-30 11:45:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts