कागती उमालेर पिउँदा हुने ८ फाइदा



Download our app to get more features

बिहानको समयमा कागती पानी पिउँदा हुने फाइदाको बारेमा सायद धेरै थाहा भएको कुरा हो । तर, पानीमा नै कागती उमालेर पिउदा हुने फाइदाको बारेमा धेरै लाई थाहा नहुनसक्छ ।

यसले तौल घटाउनुको साथै इम्यूनिटी पावर (रोगप्रतिरोधक शक्ति) समेत बढाउँछ । यसको सेवनले शरीरमा धेरै किसिमको भिटामिनको मात्रा बढाउन सकिन्छ । साथै जिङ्क, क्याल्सियम आदिको मात्रा पनि शरीरमा सन्तुलित हुन्छ । तर कागतीको एलर्जी भएकाले यसको सेवन गर्नु हुँदैन । यस्तो अवस्थामा चिकित्सकसँग सल्लाह लिनु पर्छ । 

यस प्रकार छन् कागती उमालेको पानी पिउँदा हुने फाइदाः

रोग प्रतिरोधात्मक क्षमताः कागती उमालेको पानी पिउँदा रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गराउँछ । कागतीमा भिटामीन सी प्रयाप्त मात्रामा रहेको हुन्छ । 

पाचन पक्रिया:  यसको सेवनले पाचन प्रक्रियामा भएको समस्या समाधान गर्छ । अपच भएको समयमा यसको सेवन गर्दा राहत प्रदान गर्छ ।  

तौल घटाउनः यसको सेवन गर्दा तौल घटाउनमा सहयोग पुर्याउँछ । यसको सेवनले तौल घट्दा शरीरमा कुनै पनि किसिमको कमजोरी महसुस हुँदैन । साथै बार–बार भोक लाग्ने समस्या पनि कम भएर जान्छ ।  

शक्ति प्रदानः  कागतीले शरीरमा शक्ति प्रदान गर्न सहयोग गर्छ । यसले शरीरको सबै अगंमा शक्ति प्रदान गर्छ । 

मेटाबोलिजममा सन्तुलनः यसको सेवनले क्यालोरी प्रदान गर्छ साथै कागती पानीको सेवनले शरीरको मेटाबोलिजमलाई सहि मात्रामा राख्छ । 

शरीरको विषाक्त हटाउनः कागती उमालेर पानी पिउदा शरीरमा रहेको विषाक्त पदार्थ हट्छ । अथार्त शरीर डिटक्सीफाईड हुन्छ ।  

कब्जियत हराउछः यसको सेवनले कब्जियतको समस्या हराएर जान्छ ।  यसमा एसिडको उच्च मात्रा रहेको हुन्छ, जसले पेट बाउडिने समस्यामा औषधिको काम गर्छ । 

कसरी तयार पार्ने: ४/५ वटा कागती लिने । राम्रोसँग सफा गरेर दुई टुक्रा पार्ने । एउटा भाँडामा पानी लिने र कागतीलाई राखेर ३ देखि ५ मिनेटसम्म उमाल्ने । यसरी उमालेको पानीलाई चिसो हुन दिने र छानेर यसलाई पिउने । पिउँदा यसको स्वाद मन नपरेमा मह मिसाएर पनि पिउन सकिन्छ ।  

Last modified on 2018-04-20 10:39:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts