स्वास्थ्य समूहका कर्मचारीको समायोजन अनिश्चित, समस्या समाधानका लागि दिनहुँ हुन्छ छलफल



Download our app to get more features

काठमाडौं, २ जेठ । कर्मचारी समायोजन सकिएको डेढ महिना वितिसक्दा पनि स्वास्थ्य समूहका कर्मचारीको समायोजन कहिले सम्म हुने भन्ने अनिश्चित छ । कर्मचारी समायोजनको क्रममा सबैभन्दा बढि विवादित बनेको स्वास्थ्य समूहका कर्मचारीको समायोजन सकिन अझैं समय लाग्ने भएको छ ।

मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले हाम्रो डक्टरसँग कुराकानी गर्दै समायोजनको क्रममा झन्डै ८ हजार गुनासो सहितको उजुरी परेकाले तीनको छानविन र सम्बोधन गर्न समय लाग्ने हुनाले अहिलेलाई टुंगो लाग्न नसकेको बताए । उनले भने, ‘परेका उजुरीको सम्बोधनको लागि दिनकै संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयका पदाधिकारीसँग छलफल भइरहेको छ । तर, कहिले सम्म समाधान हुन्छ भन्ने यकिन छैन ।’

प्राविधिक त्रुटिका कारण स्वास्थ्य समूहका कर्मचारीको सबैभन्दा बढि गुनासो परेको भन्दै अहिलेसम्म अफिसर लेभेलका कर्मचारीको पत्र दिन नसकिएको मन्त्रालयको भनाई छ ।

Last modified on 2019-05-17 07:52:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts