विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या १० करोड नाघ्यो

२ करोड ५८ लाखभन्दा बढी सक्रिय सङ्क्रमित



Download our app to get more features

एजेन्सी, १३ माघ । विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या १० करोड नाघेको छ ।

गत २४ घन्टामा विश्वभर ४ लाख ३३ हजार ४ सय ८९ जना नयाँ सङ्क्रमित थपिएका छन् । 

वर्ल्ड मिटरको तथ्याङ्क अनुसार नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या १० करोड २ लाख ६० हजार ८ सय ४२ पुगेको छ । 

यस्तै गत २४ घन्टामा विश्वभर थप ९ हजार ३ सय ७४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २१ लाख ४८ हजार ४ सय ८८ पुगेको छ । 

कोरोनाका कारण हालसम्म विश्वभर सङ्क्रमित भएकामध्ये ७ करोड २२ लाख ६७ हजार ३ स य ९५ जना स्वस्थ भएका छन् । हाल विश्वभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ करोड ५८ लाख ४३ हजार ८५ रहेको छ । 

कोरोनाका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा मात्रै हालसम्म २ करोड ५८ लाख ६१ हजार ५ सय ९७ जना सङ्क्रमित भइसकेका छन् भने ४ लाख ३१ हजार ३ सय ९१ जनाको मृत्यु भइसकेको छ । यस्तै हालसम्म कोरोनाका कारण सङ्क्रमित भएकामध्ये १ करोड ५६ लाख १७ हजार ३ सय ६० जना स्वस्थ भएका छन् ।

यस्तै कोरोना भाइरसका कारण विश्वकै दोस्रो प्रभावित मुलुक भारतमा हालसम्म १ करोड ६ लाख ७७ हजार ७ सय १० जना सङ्क्रमित भइसकेका छन् भने १ लाख ५३ हजार ६ सय २४ जनाको मृत्यु भइसकेको छ । यस्तै हालसम्म कोरोनाका कारण सङ्क्रमित भएकामध्ये निको हुनेको सङ्ख्या १ करोड ३ लाख ४५ हजार २ सय ७८ जना स्वस्थ भएका छन् ।

पछिल्लो समय कोरोनाको नयाँ प्रकारका कारण प्रभावित बनेको बेलायतमा पनि कोरोना सङ्क्रमितको दर बढ्दै गएको छ । बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या ३६ लाख ६९ हजार ६ सय ५८ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या ९८ हजार ५ सय ३१ पुगेको छ 

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो समय विश्वभर नै कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । विशेष गरि युरोपेली मुलुकमा कोरोना सङ्क्रमणको दर बढ्दै जाँदा विभिन्न मुलुकमा लकडाउन लगाइएको छ । 

Last modified on 2021-01-26 09:08:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts