छ हप्तापछि गर्भपतन गर्न नपाइने गरि ल्याइयो कडा कानून

गर्भपतन गर्न सघाउने र गर्ने डाक्टरलाई ९९ वर्षसम्म कैद



Download our app to get more features

बीबीसी, २ जेठ । अमेरिकाको अलाबामा राज्यका सांसदहरूले गर्भपतनलाई गैरकानुनी बनाउने एउटा कडा विधेयक पारित गरेका छन् ।

प्रान्तीय सिनेटले २५ का विरुद्ध छ मतले पारित गरेको सो विधेयकमा बलात्कार र परिवारभित्रको यौन सम्बन्धको अवस्थामा बाहेक अन्य सबै अवस्थामा गर्भपतनलाई गैरकानुनी बनाइएको छ ।

पारित विधेयक अब रिपब्लिकन गभर्नर के इभीकहाँ स्वीकृतिको लागि पठाइने छ । उनले विधेयकका बारेमा नबोले पनि उनलाई गर्भपतन विरोधीका रुपमा हेरिन्छ ।

गर्भपतन गर्न पाइने अधिकारमा बन्देज लगाउने नियमहरू यो वर्ष मात्र १६ वटा विभिन्न अमेरिकी राज्यहरूमा लागु गरिसकिएको छ ।

सन् १९७३ मा सर्वोच्च अदालतले गर्भपतनलाई कानुनी मान्यता दिएको आदेशलाई यो नयाँ कानुनले चुनौती दिने अधिकारकर्मीहरूले बताएका छन् ।

सो विधेयक अलाबामाको तल्लो संसदमा ७४÷३ ले अघिल्लो महिना पारित भएको थियो ।

द न्याशनल अर्गनाइजेसन फर वीमीनले गर्भपतनमाथिको प्रतिबन्धलाई गैरसंवैधानिक र आगामी चुनावमा गर्भपतन विरोधी उम्मेदवारहरूलाई राजनीतिक समर्थन जुटाउन गरिएको कार्य भनेको छ ।

प्लान्ड प्यारेन्टहुड साउथइस्ट एडभोकेट्की स्ट्यासी फक्सले सो निर्णयलाई अलाबामाको महिलाहरूको लागि कालो दिन भनेकी छन् ।

के भन्छन् सांसदहरू ?
रिपब्लिकन सांसद टेरी कोलिन्सले भने, “यो विधेयकले गर्भमा भएको बच्चालाई पनि मानिस मान्छ ।”

डेमोक्र्याट बबी सिङ्गलटनले विधेयक चिकित्सकलाई अपराधी बनाउने र पुरुषहरूले महिलालाई आफ्नो शरीरलाई के गर्ने भनेर सिकाउने प्रयास भने ।

रिपब्लिकन सांसद क्लाड च्याम्ब्लिसले यो विधेयकले राज्यलाई सर्वोच्च अदालत गएर सन् १९७३ को निर्णयलाई चुनौती दिनसक्ने स्थान दिएको बताए ।

विधेयकमा के छ ?
यो विधेयक हालै अन्य राज्यहरूमा गर्भाधारण भएको छ हप्ताभन्दापछि गर्भपतन गर्न नपाइने गरि बनाइएको कानुनभन्दा कडा छ ।

अलाबामाको विधेयकमा कुनैपनि समयमा गर्भपतन गर्नु गैरकानुनी हुनेछ ।

गर्भपतन गर्न सघाउने चिकित्सकलाई १० वर्ष कैद र गराउने चिकित्सकलाई ९९ वर्ष कैद सजायको व्यवस्था छ ।

गर्भपतन गराउने महिलालाई भने कानुनी कारबाही छैन ।

आमाको ज्यान जोखिममा भएको अवस्थामा भने गर्भपतन गराउन पाइने नियम छ ।
 

Last modified on 2019-05-17 07:53:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts