विश्वभर थपिए ४ लाख ६६ हजार ३९ नयाँ संक्रमित, निको हुनेको संख्या १८ करोड नजिक



Download our app to get more features

एजेन्सी, १८ साउन । विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या झन्डै २० करोड नजिक पुगेको छ ।

कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वर्ल्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर ४ लाख ६६ हजार ३९ नयाँ संक्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोनाका कारण संक्रमित हुनेको संख्या १९ करोड ९० लाख २२ हजार ८ सय ३८ पुगेको छ ।

गत २४ घन्टामा थपिएका संक्रमित मध्ये सबैभन्दा धेरै भारतमा ४० हजार ७ सय ८४ जना रहेका छन् । यस्तै ईरानमा ३२ हजार ५ सय ११, इन्डोनेशियामा ३० हजार ७ सय ३८, बेलायतमा २४ हजार ४ सय ७०, रुसमा २२ हजार ८ सय ४, अमेरिकामा २१ हजार ७ सय ६८ र ब्राजिलमा २० हजार ५ सय ३ जना नयाँ संक्रमित थपिएका छन् ।

यस्तै गत २४ घन्टामा विश्वभर ७ हजार ३ सय ४८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका करााण मृत्यु हुनेको संख्या ४२ लाख ४० हजार ३ सय ७४ पुगेको छ ।

गत २४ घन्टामा सबैभन्दा धेरै इन्डोनेशियामा १ हजार ६ सय ४, रुसमा ७ सय ८९, मेक्सिकोमा ४ सय ५०, भारतमा ४ सय २४, ब्राजिलमा ४ सय ४९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

यस्तै हालसम्म विश्वभर कोरोनाका कारण संक्रमित भएकामध्ये १७ करोड ९६ लाख ३१ हजार ८ सय ८३ जना स्वस्थ भएका छन् । 

Last modified on 2021-08-02 13:57:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts