अमेरिकामा फेरि दैनिक सङ्क्रमित थपिनेको संख्या १ लाख पुग्यो, इन्डोनेशियामा मृत्युदर बढ्दै



Download our app to get more features

एजेन्सी,  १६ साउन । कोरोना महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा झन्डै २ महिनापछि एक लाखको हाराहारीमा नयाँ सङ्क्रमित थपिएका छन् ।

कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वलर््ड मिटरका अनुसार अमेरिकामा गत २४ घन्टामा ९९ हजार ४ सय ७० जना नयाँ सङ्क्रमित थपिएका छन् ।

पछिल्लो समय अमेरिकामा कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या तिव्र हुन थालेपछि कोरोनाको तेस्रो लहरको जोखिम बढेको छ । अमेरिका कोरोनाको पहिलो र दोस्रो लहरमा पनि निकै प्रभावित बनेको थियो । दिनकै ४ लाख नयाँ सङ्क्रमित थपिने अमेरिकामा फेरि कोरोनाका नयाँ सङ्क्रमित थपिने क्रम बढेको छ । 

यस्तै गत २४ घन्टामा अमेरिकामा ४ सय १९ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ लाख २९ हजार ६४ पुगेको छ भने ३ करोड ५६ लाख ८८ हजार ५ सय ६ जना सङ्क्रमित भएका छन् । 

यस्तै गत २४ घन्टामा विश्वभर ६ लाख ४१ हजार ८ सय ८३ नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या १९ करोड ७९ लाख ६६ हजार ६ सय ४० पुगेको छ ।

२४ घन्टामा थपिएका नयाँ सङ्क्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् भने त्यसपछि भारतमा ४१ हजार ४ सय ९९, इन्डोनेशियामा ४१ हजार १ सय ६८, ब्राजिलमा ४० हजार ९ सय ४, बेलायतमा २९ हजार ६ सय २२, फ्रान्समा २४ हजार ३ सय ९, स्पेनमा २४ हजार ७ सय ५३, इरानमा २४ हजार ७ सय १५ र रुसमा २३ हजार ५ सय ६४ जना रहेका छन् । 

यस्तै गत २४ घन्टामा विश्वभर ९ हजार ३ सय ३९ जनाको मृत्यु भएको छ । कोरोनाका कारण गत २४ घन्टामा सबैभन्दा धेरै इन्डोनेशियामा १ हजार ७ सय ५९, ब्राजिलमा ८ सय ८६, रुसमा ७ सय ९४, भारतमा ५ सय ९८, अर्जेन्टिनामा ४ सय ७३, कोलम्बियामा ३ सय ६ जनाको मृत्यु भएको छ । 

योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२ लाख २३ हजार ४ सय ७७ पुगेको छ । 

हालसम्म विश्वभर कोरोनाका कारण सङ्क्रमित भएका मध्ये १७ करोड ८८ लाख ८३ हजार २ सय ५१ जना स्वस्थ भएका छन् । हाल विश्वभर १ करोड ४८ लाख ५९ हजार ९ सय १२ सक्रिय सङ्क्रमित रहेका छन् ।

Last modified on 2021-07-31 10:36:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts