मध्य–पूर्वी मुलुकमा कोरोनाको चौथो लहर सुरु, खोपको पहुँचमा नभएकाहरु अस्पताल भर्ना हुने दर बढ्यो



Download our app to get more features

एजेन्सी, १६ साउन । विश्व स्वास्थ्य संगठनले मध्य–पूर्वी मुलुकमा कोरोना महामारीको चौथो लहर सुरु भएको बताएको छ । 

डेल्टा भेरिएन्टको सङ्क्रमण तिव्र गतिमा फैलिन थालेकोले मध्यपूर्वी मुलुकमा चौथो लहर सुरु भएको बताएको हो । 

संगठनले पहिलो पटक भारतमा फेला परेको डेल्टा मध्यपूर्वमा रहेको २२ मध्ये १५ मुलुकमा फैलिसकेको बताएको छ । जसमा पाकिस्तानसहित मोरक्को, इरान लगातका मुलुक रहेका छन् ।

विश्व स्वास्थ्य संगठनका पूर्वी भूमध्यसागरीय क्षेत्रका निर्देशक अहमद अल–मन्धारीले कोरोनाको चौथो लहरमा बढी जसो सङ्क्रमित गम्भीर किसिमका रहेको र अस्पताल भर्ना गर्नुपर्ने खालका रहेको बताए ।

उनले अस्पताल भर्ना हुने अधिकांश बिरामीले खोप नलगाएको पनि प्रष्ट पारे । 

उनका अनुसार मध्यपूर्वी क्षेत्रमा ४१ जनसंख्या मध्ये जम्मा ५ दशमलव ५ प्रतिशतले कोरोनाविरुद्धको खोप पाएका छन् । 
 
गत महिनाको तुलनामा यस महिनामा यस क्षेत्रमा कोरोना सङ्क्रमणको दर ५५ प्रतिशतले वृद्धि भएको छ भने मृत्यु हुने दर १५ प्रतिशतले वृद्धि भएको संगठनले जनाएको छ । 

Last modified on 2021-07-31 08:09:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts