खोप लगाएकालाई कुवेतमा अनुमति



Download our app to get more features

साउन, १५ कुवेत  : खाडी मुलुक कुवेतले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका विदेशीलाई आफ्नो देश प्रवेश दिने भएको छ । कुवेतले आगामी अगष्ट पहिलो तारेखदेखि प्रवेश अनुमति दिने बताएको हो । कुवेतले फाइजर, एष्ट्राजेनेका, मोडर्ना खोपका दुई डोज र जोन्सन एन्ड जोन्सनको एक डोज खोप लगाएकालाई प्रवेशमा अनुमति दिने निर्णय गरेको हो । 

कुवेतले अन्य मुलुकमा जस्तै आफ्नो मुलुकमा प्रवेश गर्नेलाई ७२ घण्टा अवधिको पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । कुवेतले विदेशीलाई आफ्नो मुलुक प्रवेश गरेपछि ७ दिनसम्म होम क्वारेन्टिनमा बसी अनिवार्य कोरोनाको पीसीआर टेष्ट गराउनु पर्छ । कोरोना परीक्षण्को रिपोर्ट नेगेटिभ आए क्वारेन्टिनमा बस्नु नपर्ने  नियम छ । 

यसैबीच कुवेतमा सवारी दुर्घटनामा परी होम डेलिभरी सेवामा काम गर्दै आएका एक नेपाली युवाको सडक दुर्घटनामा मृत्यु भएको छ । मोटरसाइकलमा सवार रहका उनलाई स्थानीय रुमैथिया भन्ने ठाउँमा विपरीत दिशाबाट आएको गाडीले ठक्कर दिएको कुवेतका सञ्चारमाध्यमहरुले बताएका छन् । 

मृतका कामदारको परिचय खुलाइएको छैन । उनको शवलाई पोेस्टमार्टमको लागि फोरेन्सिक ल्यावमा पठाइएको अनुसन्धानामा संलग्न प्रहरीले बताएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts