चीनको नान्जिङ सहरबाट फेरि फैलियो कोरोना भाइरस 



Download our app to get more features

काठमाडौं,१५ साउन । चीनमा कोरोना महामारीको प्रकोप फेरि फैलिएको छ । चीनको सरकारी सञ्चारमाध्यमले जनाएअनुसार चीनको नान्जिङ सहरमा फेला परेपछि कोरोनाभाइरस प्रकोपका रूपमा अन्य पाँच प्रान्त र राजधानी बेइजिङसम्म विस्तार भएको हो ।  

उनीहरूले अहिलेको अवस्थालाई वुहानपछिको सबैभन्दा व्यापक महामारी को सङ्ज्ञा दिएका छन्। जुलाई २० मा नान्जिङ विमानस्थलमा एक जनामा कोरोनाभाइरस फेला परेपछि झन्डै २०० जना संक्रमित  भइसकेका छन्

नान्जिङका एक स्वास्थ्य अधिकारीले त्यहाँ फेला परेका संक्रमितहरुको  सम्बन्ध रुसबाट आएको एउटा विमान सफा गर्न गएका कर्मचारीसँग भएको बताएका छन्। उक्त विमान जुलाई १० मा रुसबाट आएको थियो।

सिन्ह्वाले  ती कर्मचारीले सरसफाइसम्बन्धी कडा नियम पालना नगरेको  जनाएको छ। कोरोना परीक्षणले उक्त भाइरस चङ्दू र बेइजिङसहित १३ वटा सहरमा फैलिसकेको पुष्टि भएको छ।

तर उक्त प्रकोप अहिले पनि प्रारम्भिक चरणमा भएको र नियन्त्रण गर्न सकिने विज्ञहरूले ग्लोबल टाइम्सलाई बताएका छन्। नान्जिङका स्थानीय अधिकारीका अनुसार संक्रमितमध्ये  सातजना गम्भीर अवस्थामा छन्।

Last modified on 2021-07-31 06:49:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts