भारतमा बढ्दै कोरोना संक्रमण दर, एकैदिन ४४ हजारभन्दा बढी संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, १५ साउन । भारतमा एकैदिन ४४ हजारभन्दा बढीमा कोभिड १९ संक्रमण देखिएको छ। पछिल्‍लो केहीदिनयता भारतमा फेरि संक्रमण दर बढ्दै गएको छ।

बुधवार र बिहीवार ४३ हजारभन्दा भन्दा बढी संक्रमित पहिचान भएका थिए। पछिल्लो २४ घण्टामा भने ४४ हजार २३० जनामा संक्रमण देखिएको छ। यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ४ लाख ५ हजार १५५ पुगेको छ।

यस्तै,  संक्रमणबाट थप ५५५ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म कोभिड १९ संक्रमणबाट ४ लाख २३ हजार २१७ जनाको मृत्यु भइसकेको छ। संक्रमण दर बढेसँगै फेरि राज्यहरुले लकडाउन सहित प्रतिबन्धहरु लगाउने तयारी गरेका छन्। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts