चीनमा डेल्टा भेरियन्ट फैलिएपछि कडा खाले मापदण्ड अबलम्बन



Download our app to get more features

काठमाडौं, १७ साउन । चीनमा पछिल्यो समय कोरोना महामारीको प्रकोप फेरि फैलिएको छ । चीनको प्रान्तहरुमा डेल्टा भेरियन्टका कारण कोरोना भाइरस संक्रमितहरुको संख्या बढेको अधिकारीहरुले जनाएका छन् । यसलाई रोक्नका लागि चीनमा कडाखाले मापदण्ड अबलम्बन गरिएको छ । 

चीनको सरकारी सञ्चारमाध्यमले जनाएअनुसार चीनको नान्जिङ सहरमा फेला परेपछि कोरोनाभाइरस प्रकोपका रूपमा अन्य पाँच प्रान्त र राजधानी बेइजिङसम्म विस्तार भएको हो ।  

‘अहिले फैलिरहेको डेल्टा भेरिएन्ट हो । यसले भाइरसको रोकथाम र नियन्त्रणमा ठूलो चुनौती खडा गरेको छ,’ राष्ट्रिय स्वास्थ कमिसन (एनएचसी) का प्रवक्ता मि फेन्गले आइतबार आयोजित पत्रकार सम्मेलनमा भने । 

चीन सुरुवातमा कोरोना भाइरस रोकथाममा सफल देखिएको थियो । त्यसयता, धेरै महिनापछि अहिले फेरि चिनियाँ सीमाभित्र स्थानीयस्तरमा भाइरसको संक्रमण देखिएको हो । देशभर देखिएका कुल संक्रमणमध्ये २ सय ६० जना संक्रमित पूर्वी जियान्सु प्रान्तस्थित नान्जिङ शहर आसपासका छन् ।

नान्जिङमा रहेको  कुल ९२ लाख जनसंख्याले दुईपटक कोरोना परीक्षण गरिसकेको छ ।  संक्रमणको भय देखिएपनि फेरि यो प्रान्तका धेरै इलाका र त्यसमा बस्ने हजारौं मानिस लकडाउनमा रहेका छन् । 

भारतमा पहिलोपटक देखिएको डेल्टा भेरियन्ट अहिले विश्वका १ सय ३२ देशमा फैलिसकेको छ । 

Last modified on 2021-08-01 22:05:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts