विश्व स्तनपान सप्ताह

आमाको बिगौती दूध शिशुका लागि किन छ महत्त्वपूर्ण ? यसो भन्छन् डा. भण्डारी



Download our app to get more features

विश्व स्तनपान सप्ताह अहिले चलिरहेको छ । शनिवारदेखि सुरु भएको विश्व स्तनपान सप्ताह नेपालमा पनि मनाइँदै छ । आफ्ना शिशुलाई नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म यो दिवस मनाउने गरिन्छ । तर, यो अभियान प्रभावकारी हुन  सकेको छैन । शिक्षित मानिएका अनि देशकै राजधानीमा बस्नेलाई त अझै स्नतपान बारेमा राम्रो ज्ञान छैन भने दुर्गम ठाउँमा रहेकाको अवस्था सजिलै अनुमान लगाउन सकिन्छ । 

किन गराउँनु पर्छ स्तनपान ?
गर्भधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बग्न थालेको हुन्छ । पहेँलो बिगौती दूध बच्चाका लागि अमृत समान हुन्छ, जसले बच्चामा धेरै रोगहरूसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउँदछ । जन्मेपछि स्तनपान गर्न पाउनु शिशुको नैसर्गिक अधिकार हो । 

स्तनपान गराउने तरिका :
– सबैभन्दा पहिला शिशुले दूधको निप्पल तथा कालो भाग मुखभित्रै छिरेको हुनुपर्छ । 
– दूध पिएको आवाज आउनु पर्छ ।
– शिशु आनन्दले बसेको हुनुपर्छ । 
– दिउँसो कम्तिमा पनि दुई दुई घण्टाको फरकमा खुवाउनु पर्छ  । 
– खान खोजे १ घण्टामा पनि खुवाउनु पर्छ । 
– रातिमा तीनदेखि चार घण्टाको फरकमा खुवाउनै पर्छ ।

के-के कुरामा ध्यान दिनुपर्छ ?
१. सकेसम्म आमाले निहुरिएर स्तनपान गराउनु हुँदैन । यसरी स्तनपान गराउँदा बच्चाको कानमा दूध पस्ने सम्भावना हुन्छ ।

. आमाले सुतेर पनि स्तनपान गराउनु हुन्न । सुतेर स्तनपान गराउँदा आमाको स्तनले नाक थुनिएर सास फेर्न गाह्रो भई बच्चाको मृत्यु समेत हुनसक्छ ।

३. दूध खाइसकेपछि बच्चालाई माथि उठाएर डकार गराउनु पर्छ । बच्चाले दूधसँगै हावा पनि तान्ने भएकाले डकार्दा हावा बाहिर फालिन्छ, अनि खाएको दूध स्वच्छ भई बान्ता हुनबाट पनि रोकिन्छ ।

४. राति बच्चालाई सुताउँदा बच्चाको मुखमा निप्पल राखिराख्नु हँुदैन । यसले संक्रमण गराउन सक्छ ।

५. स्तन वरपर घाउ, खटिरा आएमा त्यही स्तन निचोरेर दूध लगाएमा औषधिको काम गर्ने गर्छ ।

६. बच्चाले दूध चुस्न नसके स्तन निचोर्नुपर्छ । नत्र डल्लो पर्ने, पाक्ने सम्भावना हुन्छ ।

७. समय नपुगी जन्मेको बच्चालाई धेरै समय बसेको आमाको दूध खुवाउनु हुँदैन । त्यो  दूध निकै बाक्लो हुने भएकाले एकैपटक बच्चाले पचाउन सक्दैन । सुरुको दूध फालेर मात्रै खुवाउनुपर्छ ।

८. सकेसम्म बोतलको दूध बच्चालाई खुवाउनु हुँदैन । खुवाउनै पर्ने बाध्यता भए चम्चामार्फत खुवाउनुपर्छ । किनकी बोतलको सरसफाई नपुगेमा बच्चालाई संक्रमण भई झाडापखाल भइरहने र संक्तमण हुनसक्छ ।  

९. यदि आमाको दूध नआएमा गाई भैंसीको दूध खुवाउने गर्नुपर्छ । सकेसम्म बजारको दूध खुवाउनु हुन्न । 

स्तनपानले आमालाई हुने फाइदा :

  • आमाले जति धेरैपटक शिशुलाई दूध चुसाउँछिन, त्यति नै बढी अस्थायी गर्भनिरोधको अवधि बढेर जान्छ । 
  • हर्मोनको गडबढीलाई सन्तुलन हन्छ ।
  • स्तनपानले शिशुका लागि स्वास्थ्य रक्षाको कामसमेत गर्दछ ।
  • पाठेघरको समस्या हुने सम्भावना कम हुन्छ । 
  • नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति हुँदैन । उनीहरुले आमाको दूधबाट यो शक्ति प्राप्त गर्छन ।
  • आमाको दूधमा लेक्टोफोर्मिन नामको पोषक तत्व हुन्छ, जसले शिशुहरूको शरीरमा फलाम तत्व दिन्छ । 
  • आमाको दूधबाट आएका साधारण जीवाणुहरुले शिशुको शरीरमा उब्जने विभिन्न रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्छन ।
  • बाहिरी वातावरणबाट आमाको शरीरमा पुगेका रोगका जीवाणु, शरीरमा रहेको विशेष भागको सम्पर्कमा आउँछन् र शरीरले प्रतिरोधात्मक तत्वहरु बनाउँछ ।
  • यो तत्व थोरासिक डक्ट भनिने एक विशेष नलीबाट सिधै आमाको स्तनसम्म पुग्छ र दूधबाट बच्चाहरूको पेटमा पुग्दछ । यसरी शिशुहरु आमाको दूध नियमित रुपमा खाएर स्वस्थ रहन्छन ।
  • छदेखि आठ महिनासम्म शिशुहरूका लागि आमाको दूध जीवन रक्षक आहार मानिन्छ ।

स्तनपान सम्बन्धी गलत धारणा :
केही मानिसमा स्तनपान गराउँदा सौन्दर्यमा ह्रास आउने, शरीरको तौल घट्ने, स्तनको आकार बिग्रने आदि गलत धारणाहरु रहेको पाइए पनि यो सत्य भने होइन । 

शिशुलाई स्तनपान गराउँदा आमालाई आत्मीयता र भावनात्मक सुखानुभूति हुनुका साथै गौरव महसुस हुन्छ । त्यसैगरी उनले मानसिक रूपमा आफू स्वस्थ भएको अनुभूति गर्ने हुनाले उनलाई आत्मसन्तुष्टि समेत प्राप्त हुन्छ ।

Last modified on 2021-08-02 10:20:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts