के हो हेड एण्ड नेक क्यान्सर ? कसरी गर्ने पहिचान ? यसो भन्छन् डा.ठाकुर



Download our app to get more features

क्यान्सर भन्ने बितिकै मानिसहरु डराउने गर्छन् । तर, अहिलेको समयमा क्यान्सर रोग सबैका लागि परिचित शब्द बनिसकेको छ । हालसम्म क्यान्सर यति नै प्रकारका हुन्छन् भन्ने छैन । तर, विभिन्न प्रकारका क्यान्सरमध्ये कतिपय क्यान्सरहरु उपचार गर्दा निको हुने खालका हुन्छन् भने कतिपय क्यान्सरहरु उपचार गर्दा निको नहुने खालका पनि हुन्छन् । तर, क्यान्सर भइहालेमा डराइहाल्नु पर्ने हुँदैन् यसलाई राम्रोसँग उपचार गरेमा निको हुन सक्छ । हाम्रो शरीरको विभिन्न अंगहरुमा क्यान्सर हुन सक्दछ । 

पछिल्लो समय नेपालमा नाक, कान घाँटीको क्यान्सरका बिरामीको संख्या बढेको छ । यो क्यान्सर शरीरको एक भागमा नभएर आँखादेखि पिनास, नाक, मुख, घाँटी, कान अनुहारको छालाहरु, थाइराइड, र्याल ग्रन्थी सबै भागलाई अंगालेर हेड एण्ड नेक क्यान्सर भन्ने गरिन्छ । यो क्यान्सर पुरुषहरुमा बढि देखिन्छ भने पुरुषको तुलनामा महिलामा कम देखिएको छ । हेड एण्ड नेक क्यान्सर विश्वमा ५ औं स्थानमा पर्छ । त्यस्तै यो क्यान्सर अहिले नेपाल लगायत भारतिय मुलुक जहाँ सुर्तिजन्य वस्तुको बढि प्रयोग हुन्छ ती देशहरुमा धेरै नै देखिन थालेको छ । 

हेण्ड एण्ड नेक क्यान्सरका लक्षणहरुः  

  • हेड एण्ड नेक क्यान्सर शरीरको कुन अंगमा क्यान्सर भएको छ त्यहिअनुरुप लक्षण देखिन्छ ।
  • छालाको अनुहारको क्यान्सरमा छालामा घाउँहरु देखिने, घाउँहरु आफै भरिएर नजार्ने, घाउँहरु आफै ठुलो हुँदै जान्छ । 
  • पिनासको क्यान्सरमा नाक बन्द हुने, नाकबाट सिँगान बग्दा एक भागबाट रगत बग्ने, अनुहार, गाला सुन्निने, टाउको दुख्ने जस्ता लक्षणहरु देखा पर्छन् । 
  • मुखको क्यान्सरमा मुखको छालामा घाँउ हुँदै जाने, घाँउहरु विस्तारै बढ्दै जाने, खाना निल्न गाह्रो हुने, नाकहरु विस्तारै खुकुलो हुँदै जान्छ । 
  • र्यालको ग्रन्थीहरुमा हुने क्यान्सरमा ग्रन्थीहरु सुन्निदै जान्छ । 
  • थाइराइड क्यान्सरमा त्यति लक्षणहरु भने देखिँदैन् । घाँटीको तल्लो भागको थाइराइड ग्रन्थीहरु सुनिन्छ, घाँटीमा र्गिखाहरु आउने हुन्छ । 

रोग लाग्ने कारण :
नाक, कान र घाँटीको क्यान्सर ९० प्रतिशत खानपानले लाग्ने गर्दछ । 
क्यान्सर सुर्तिजन्य पदार्थको प्रयोगले हुने गर्दछ । सुतिजन्य पदार्थ सँगसँगै मादकपदार्थ सेवन गर्दा पनि यो क्यान्सर हुने गर्दछ । युवा अवस्थामा धेरै गुटकाहरु खाने गर्दा पनि मुखको क्यान्सर हुने गर्दछ । 

कसरी पहिचान गर्ने ?
शरीरको कुन अंगमा घाँउ छ शंका लागेपछि सम्बन्धीत विशेषज्ञलाई देखाउने,  देखिएको ठाउँको वायोपसी गरेर प्रमाणीत गर्नुपर्छ । यदि वायोपसीमा प्रमाणीत भएमा कुन अवस्थाको क्यान्सर हो भनेर हेर्न सिटिइक्यान वा एमआरआई गरेर हेर्नुपर्दछ । कतिपय अवस्थामा सुईले पानी तान्ने गरिन्छ । 

क्यान्सरकोे अवस्था
क्यान्सरको ४ अवस्था हुन्छ । पहिलो र दोस्रो अवस्थामा उपचार गर्नका लागि सजिलो हुन्छ । उपचार खर्च पनि कम हुन्छ त्यस्तै क्यान्सर निको हुने सम्भावना पनि धेरै हुन्छ । 

क्यान्सर तेस्रो र चौथो अवस्थामा जटिल हुन्छ । उपचार खर्च बढि हुन्छ निको हुने सम्भावना पनि कम रहन्छ । 

उपचार :
क्यान्सरको शल्यक्रिया पनि गर्नुपर्ने हुन्छ । त्यस्तै रेडियोेथेरापी र किमोथेरापीबाट पनि उपचार गरिन्छ ।

Last modified on 2021-07-30 15:40:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts