मलेरिया रोगको पहिचान गर्न रगत नचाहिने प्रविधि आउँदै



Download our app to get more features

एजेन्सी / युगान्डाका चार जना विद्यार्थीले मलेरिया रोग पहिचानको लागि यस्तो किट पत्ता लगाएका छन् जसका लागि रगत दिइरहन जरुरत छैन । युगान्डामा हरेक वर्ष साढे नौ मिलिएन मानिस मलेरियाबाट पीडित हुने गरेका छन् । युगान्डामा मात्रै होइन विश्वको आधा जसो भागमा मलेरियाको जोखिम उच्च छ । विश्वमा करिब पाँच लाख मानिसले मलेरियाकै कारण  ज्यान गुमाउने गरेको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको छ । यसरी ज्यान गुमाउनेमा ज्यादतर बालबालिका हुने गरेका छन् । 

चार वर्ष अघि मेलियारको तिव्र फैलावट रोक्न र यसको छिट्टो पहिचान बारे ब्राइन गितले विश्वाविद्यालयका साथीहरुसँग मिलेर गम्भीर छलफल थाले । जसको परीणम स्वरुप उनीहरुले माटिबाबु ल्याएका छन् । जसले यसअघि मलेरियाको पहिचान गर्दा लाग्ने  समय भन्दा दश गुना छिटो भएको उनीहरुको दावी छ । प्रकाश र चुम्बकीय तरंगको माध्यमबाट बिरामीमा मलेरिया रहेको वा नरहेको पत्ता लगाउने प्रविधि उनीहरुले विकास गरेका छन् ।

यो किटको सहयोगमा मोबाइल या ल्यापटपमा बिरामीले आफ्नो स्वास्थ्य रिपोर्ट सहजै हेर्न पनि सक्छन । यद्यपि यो यन्त्रलाई आम प्रयोगमा भने ल्याइएको छन् । यो यन्त्रले अहिलेसम्म करिब ८० प्रतिशत काम गरेको छ सतप्रतिशत काम नगरेसम्म आमप्रयोगमा नल्याइने जनाइएको छ । 
 

Last modified on 2018-08-22 08:05:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts