सुगममा बस्न बढुवा अस्वीकार गर्दै डाक्टर

४६ जना बढुवा हुनुपर्नेमा २० जनाले मात्रै निवेदन दिए



Download our app to get more features

काठामाडौं १० वैशाख । राजधानीबाहिरका जिल्लामा गएर बिरामीको उपचार गर्नुपर्ने भएपछि चिकित्सकले बढुवा हुन इच्छा देखाएका छैनन् । सरकारले केही समयअघि नवौँ तहमा १४० जना कन्सल्टेन्ट डाक्टरको अभाव भएपछि पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको थियो । जसमध्ये ४६ जना आठौं तहबाट नवौँ तहमा बढुवा हुनुपर्ने प्रावधान छ । तर, बढुवाका लागि २० जनाले मात्र निवेदन दिएका छन् । २६ जना कन्सल्टेन्ट डाक्टरले फारमसमेत भरेनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारी प्रशासन शाखाका गायत्री अधिकारीका अनुसार बढुवा भएपछि दुर्गम जिल्लामा जानुपर्ने भएकाले चिकित्सकले चासो नदेखाएका हुन् ।

बढुवामा चासो नदेखाउनु आश्चर्य
विभिन्न विधाका नवौँ तहका कन्सल्टेन्ट डाक्टरको आवश्यकता महसुस गरी बढुवाका लागि आन्तरिक रूपमा माग भए पनि कसैले चासो नदेखाउनु आश्चर्यको विषय भएको मन्त्रालयका कर्मचारीहरूको ठहर छ । ‘वर्षै्पिच्छे हामीले कन्सल्टेन्ट डाक्टरको माग गरिरहेका छौँ, तर पूर्ति हुन सकेको छैन,’ अधिकारीले भने । नवौँ तहमा बढुवा भएमा दुर्गम क्षेत्रमा जानुपर्ने भएकाले कन्सल्टेन्ट डाक्टरहरूले निवेदन नदिनुले स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिएको मन्त्रालयले जनाएको छ ।

सरकारको मागअनुसार पदपूर्ति गर्न नसक्दा दुर्गमको स्वास्थ्य सेवा प्रभावहीन हुने सम्भावना बढ्न थालेको छ । १४० डाक्टर चाहिनेमा २० जनाले मात्र बढुवाका लागि फारम भरेपछि १२० जनाको हकमा के गर्ने भन्नेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अलमलमा देखिएको छ । नियमअनुसार १४० जनाको एकतिहाई अर्थात् ४६ जना डाक्टर बढुवा हुनुपर्छ ।

 

(आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेको समाचार)

Last modified on 2018-04-24 14:20:39

1 Comments

  1. Bikram Bahadur Thapaon Mon, Apr 23 2018 09:48 PM

    We ophthalmologist want to work in government hospitals but government do not care of us and people with eye problems


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts