राजधानीमा नै बर्ड फ्लुको संक्रमण,जनमानसमा त्रास



Download our app to get more features

काठमाडौं,११ जेठ । राजधानीमा नै बर्ड फ्लुको संक्रमण देखिएपछि सन्त्रास फैलिएको छ ।

राजधानीको उत्तर पश्चिम क्षेत्रमा रहेको २ वटा पोल्टी फार्ममा पालिएको हाँसमा बर्ड फ्लु देखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।विभागका अनुसार धर्मस्थली क्षेत्रमा रहेको २ वटा पोल्ट्री फार्ममा पालिएको हाँसमा बर्ड फ्लु भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिए ।

बर्ड फ्लु देखिएपछि राजधानीमा सतर्कता अपनाइएको छ । राजधानीबाहिरबाट काठमाडौं भित्रिने र राजधानीका वरिपरि पालिएका फार्मबाट हाँस नउठाउन पनि सरकारले निर्देशन दिएको छ । 
(आजको नेपाल समाचारपत्रबाट)


 

Last modified on 2018-07-13 12:51:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts