प्रत्येक वडामा स्वास्थ्य संस्था



Download our app to get more features

काठमाडौं,१६ जेठ । सरकारले आगामी २ वर्षभित्र सबै स्थानीय तहमा चिकित्सकसहितको स्वास्थ्य संस्था र हरेक वडामा कम्तीमा एउटा स्वास्थ्य संस्था स्थापना गर्ने नीति लिएको छ ।

स्थानीय तहको समेत लगानी–सहकार्यमा पहिलो चरणमा १ हजार २ सय वडामा यस्तो संस्था स्थापना गरिने हिजो सार्वजनिक आर्थिक वर्ष २०७५ /७६को बजेट वक्तव्यमा उल्लेख छ । 

वडा तहमा स्वास्थ्य संस्था स्थापनाका लागि स्थानीय तहका लागि ४ अर्ब अनुदान विनियोजन गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय तुल्याउन सबै नागरीकको पहुँच सुनिश्चित गरिने गर्ने गरी स्वास्थ्य बीमा कार्यक्रम मुलुकभर विस्तार गरिने बताए र बजेटमा ७० वषमाथिका ज्येष्ठ नागरिकको एक लाख रुपैयाँ बराबरको निःशुल्क स्वास्थ्य बीमा गरिने उल्लेख छ ।

(आजको कान्तिपुर दैनिकबाट)
 

Last modified on 2018-05-30 08:50:31

1 Comments

  1. Wada Mah Kaam Garna paye Rmro huntyo Hola.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts