विश्व बाथ रोग दिवस

बाथ दीर्घरोग हो तर, नियन्त्रणमा राख्न सकिन्छ

(भिडियोसहित)



Download our app to get more features

बाथरोग भनेको शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग हो । त्यसैले यसलाई अटोइम्युन डिजिज् पनि भनिन्छ । बाथरोगलाई गम्भीर रोग मानिन्छ, किनभने यो रोगले मानिसलाई निरन्तर सताउँछ र दीर्घरोगको रुपमा रहिरहन्छ । तर, यसको समयमै पहिचान गरी उपचार गर्न सकियो भने शरीरको हड्डी र जोर्नीहरू बचाउन सकिने बताउँछन् रुमेटोलोजिष्ट डा. अन्जल विष्ट । जानौं बाथबाट जोगिने उपाय र बाथ रोग लागि सकेपछि नियन्त्रणमा राख्न गर्नु पर्ने सचेतता बारे डा. विष्टले दिएका सुझाव :-

बाथ रोगका कारण 

बाथ रोग लाग्ने कुनै एक निश्चित कारण छैन । खास के कारणले बाथ रोग लाग्छ भन्ने एकिन भइसकेको छैन । यो कुनै संक्रमणबाट लाग्ने रोग होइन । शरीरमा रोग प्रतिरोधात्मक शक्ति (इम्युन) मा समस्या भएमा यो रोग लाग्छ । कतिपयमा बाथ रोग वशांणुगत पनि हुन्छ । 

बाथ रोगका लक्षण

  • हाडजोर्नीमा दुखाई । 
  • जोर्नीहरू सुनिने ।
  • आँखा रातो हुने ।
  • औलाहरू सुनिने ।
  • मिर्गाैलामा असर गर्ने ।
  • फोक्सोमा असर र श्वासप्रश्वासमा समस्या ।

समाधानका उपाय

  • सबैभन्दा पहिले माथिका लक्षण देखिएमा चिकित्सकको परार्मश लिने ।
  • बाथ भएको थाहा पाउनसाथै नियमित औषधि सेवन गरेमा यसबाट हुने असरबाट बच्न सकिन्छ ।

उपचार

  • कुन किसिमको बाथ हो त्यस अनुसारको उपचार गर्नुपर्छ ।
  • औषधि प्रयोग गर्ने ।
  • फिजियोथेरापी गर्ने । 
  • कडा किसिमको बाथमा सुईमार्फत पनि औषधि दिनुपर्ने हुन्छ । 
  •  बाथका कारण हड्डी र जोर्नीमा क्षति पुगिसकेको भए औषधिले ठीक हुँदैन शल्यिक्रिया गर्नुपर्ने हुन्छ ।

भिडियो हेर्नुहोस्:

Hamro Doctor
Last modified on 2018-10-13 06:02:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts