स्वास्थ्यकर्मी समायोजनको स्पष्ट आधार भएन



Download our app to get more features

काठमाडौं, २४ जेठ । संघीयता कार्यान्वयनका क्रममा स्वास्थ्यका कर्मचारी समायोजनको स्पष्ट आधार नभएको मन्त्रालयले  जनाएको छ ।

संक्रमणकालिन अवस्थामा पनि लामो समय स्वास्थ्य मन्त्रालय मन्त्री विहिन अवस्थामा रहेका कारण स्वास्थ्यकर्मीको समायोजनमा स्पष्ट आधार नभएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्रालयको गतिविधि जानकारी गराउने क्रममा कर्मचारीले स्वास्थ्यका कर्मचारीको समायोजनको स्पष्ट आधार नभएको बताए । मन्त्रालयका उपसचिव भक्तराज जोशीका अनुसार संघीयता कार्यान्वयनमा निरन्तर काम भइरहेको र केही नतिजा देखिन समय लाग्ने बताए । बाँकी कामहरु भइरहेको हुदाँ बाहिर नदेखिएको उनले स्पष्ट पारे । 

संघीयताका मन्त्रालयले गर्न बाँकी काम 

  • स्थानीय तथा प्रादेशिक तहमा स्वास्थ्य सेवाको आधार तथ्यांक संकलन तथा अद्यावधिक गर्ने कार्य । 
  • स्थानीय तथा प्रादेशिक तहमा रहने स्वास्थ्य संस्थाको संगठन संरचना स्वीकृत हुन बाँकी छ । 
  • वडास्तरमा स्वास्थ्य संस्था, स्थानीय तहमा आधारभूत अस्पताल र प्रदेशस्तरमा प्रादेशिक अस्पतालका लागि सम्भाव्यता अध्ययन । 
  • सबै स्थानीय तहमा आवश्यक पर्ने जनशक्ति, भवन निर्माण तथा मेसिन औजारको आपूर्ति ।
  • जिल्ला र अञ्चल, उपक्षेत्रीय र क्षेत्रीय अस्पतालहरुलाई सम्बन्धित स्थानीय तथा प्रादेशिक तहमा हस्तान्तरण ।
  • स्वास्थ्यकर्मी समायोजनको स्पष्ट आधार निर्माण गर्ने कार्य ।

सम्बोधन गरिनुपर्ने सवालहरु

  • स्थानीय तहसम्ममा स्वास्थ्यलाई विकासको मूल मुद्दाको रुपमा स्थापित गर्नु पर्ने ।
  • प्रादेशिक तथा स्थानीय तहमा रहने स्वास्थ्य संरचना मन्त्रिपरिषद्बाट यथाशिघ्र स्वीकृत हुनु पर्ने । 
  • मौजुदा जिल्ला अस्पतालहरुलाई स्थानीय तहभन्दा पनि प्रदेश मातहतमा राखिनुपर्ने । 
  • मौजुदा अस्पताल विकास समितिहरुको खारेजी तथा सम्बन्धित स्थानीय तथा प्रादेशिक तहमा हस्तान्तरणको प्रक्रिया अघि बढाउनुपर्ने
  • स्वास्थ्य सेवामा प्राप्त हुने वैदेशिक सहयोगलाई प्रादेशिक तथा स्थानीय तहसम्म परिचालित गर्ने । 
  • स्वास्थ्यकर्मीहरुको सरकारी सेवामा आकर्षण र टिकिने दर बढाउने । 
  • प्रभावकारी स्वास्थ्य सेवा प्रवाहका लागि तीनै तहमा स्वास्थ्य उपकरण, जनशक्ति तथा भौतिक संरचनाको अभावलाई सम्बोधन गर्न देखिएको बजेटरी न्यूनतालाई सम्बोधन गर्ने । 
  • आर्थिक/सामाजिक, सांस्कृतिक /भौगोलिक, लैंगिक असमानताले स्वास्थ्य सेवा प्रवाहमा देखाएको विभेदको अन्त्य गर्ने ।
     
Last modified on 2018-06-11 07:11:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts