कुपोषणबाट पीडित सुत्केरीको ‘लु’ लागेर मृत्यु



Download our app to get more features

महोत्तरी, २८ जेष्ठ । महोत्तरीको गौशला नगरपालिकामा अत्याधिक गर्मीको कारण एक सुत्केरी महिलाको मृत्यु भएको छ ।

गौशाला नगरपालिका–८ बेलगाछीमा सुत्केरी महिला ३५ वर्षीय शिकिलदेवी सदा मुसहरको गर्मीको कारण ज्यान गएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । धपेटी र गर्मीको कारण ‘लु’ लागेर महिलाको ज्यान गएको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिए । ३५ वर्षीय शिकिल देवी हिजो  बिहानै खेतमा धान रोप्न गएको बेला गर्मीको कारण बेहोस भएर खेतमा ढलेको र उपचारको लागि लैजादै गर्दा मृत्यु भएको हो ।

६ महिना शिशुको सुत्केरी आमा शिकिल देवी केही दिन अघि कुपोषणबाट प्रभावित भएपछि उपचार गराईरहेकी थिईन । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts