भुँडे र ख्याउटे सैनिकलाई शान्ति मिसन र बढुवा निषेध



Download our app to get more features

काठमाडौं,२८ जेठ । सैनिकहरूको भुँडी लाग्यो भने के हुन्छ ? नेपाली सेनामा कार्यरत सैनिक अधिकारीहरू हुन् भने अब बढुवा रोकिन्छ अनि शान्ति मिसनबाट पनि नाम हटाइन्छ । 

मोटोपना र दुब्लोपना अत्याधिक भएमा त्यस्ता सैनिक अधिकारीहरूको बढुवा रोकिने मात्रै होइन, शान्ति सेनालगायत स्वदेश तथा विदेशमा हुने तालिमबाट समेत उनीहरू वञ्चित हुने छन्। सैनिक मुख्यालयले आफ्ना सैनिकहरूको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै ल्याएको स्वास्थ्य वर्गीकरणसम्बन्धी कार्यविधीमा तोकिएको मापदण्डविपरीत तौल भएमा त्यस्ता सैनिक अधिकारीहरूको बढुवा नहुने र शान्ति सेनामा जानबाट समेत वञ्चित हुने उल्लेख छ ।

कर्यविधीले  आफ्नो स्वास्थ्यमा ख्याल नराख्ने, जथाभावी खाने, आवश्यक व्यायाम नगर्ने सैनिक अधिकारीहरूलाई नियमन गर्ने छ । केही उच्च सैनिक अधिकारीहरू कार्यविधी कार्यान्वयनमा आएपछि तौल घटाउन क्लब नै जान थालेका छन्। 
बढुवालगायत शान्ति सेनाबाट समेत वञ्चित हुने भएपछि शारीरिक रूपले मोटोपन भएका, पुटुस्स भुँडी लागेका र धेरै दुब्लोपना भएका सैनिक अधिकारीहरू अहिले नियमित व्यायाम गर्न थालेको सैनिक स्रोतले बताएको छ । 

(आजको अन्नपूर्ण पोष्टबाट)

Last modified on 2018-06-11 10:12:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts