चिकित्सा शिक्षाका विद्यार्थीका लागि अब एउटा मात्रै प्रवेश परीक्षा



Download our app to get more features

काठमाडौं,जेठ,२० । चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीले अब एउटा मात्रै प्रवेश परीक्षामा सहभागी भए पुग्ने भएको छ ।

यसअघि विद्यार्थी हरेक विश्वविद्यालय र प्रतिष्ठानले लिने प्रवेश परीक्षामा सहभागी हुनुपर्दथ्यो । एमबीबीएस अध्ययन गर्न चाहने विद्यार्थीले यसअघि त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम), काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्स, पाटन विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र सम्बन्धन प्राप्त कलेजमा अध्ययन गर्न चाहने विद्यार्थीले फरक–फरक दिनको प्रवेश परीक्षा तयारी गर्नुपथ्र्यो । 

नयाँ प्रावधानअनुसार अब सबै शिक्षण संस्थामा अध्ययन गर्न एउटै प्रवेश परीक्षा दिए पुग्ने व्यवस्था गरिएको हो । यो व्यवस्था कहिलेदेखि लागू गर्ने भन्ने निर्णय भने अझै भइसकेको छैन ।अघिल्लो सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशअनुसार बनेको चिकित्सा आयोगले एकीकृत प्रवेश परीक्षा लिने तयारी गरेको हो । 
यसका लागि आवश्यक मापदण्ड र नीति बनाउन छुट्टै समिति बनाइसकिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । 

(कान्तिपुुर दैनिकबाट)

3 Comments

  1. very good

  2. pcl level हेअल्थ science को जुन coarse अध्यन गरेकोले पनि MBBS पढन मिल्छ कि मिल्दैन जस्तै pcl lab. pcl pharmacy etc.

  3. Pcl HA लाई नि मिल्ने गरि 60/40 हेअल्थ र अरु मिलयेर दिने बेवस्था हुन जरुरी छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts