स्वास्थ्य मन्त्रालयबाटै प्रहरीले निकाल्यो ७ सय थान सुर्तीजन्य पदार्थ



Download our app to get more features

काठमाडौं,२ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रहरीले दुई महिनाको अवधिमा ७ सय थान सूर्तिजन्य पदार्थ बरामद भएको छ । 

मन्त्रालयलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरे कर्मचारीकै उदासीनताका कारण घोषणा कार्यान्वयनमा समस्या भइरहेको छ ।

मन्त्रालयले १६ वैशाख ०७४ बाट मन्त्रालय हाताभित्र सुर्तीजन्य पदार्थ निषेध गरेको थियो । त्यसयता मन्त्रालय परिसरमा प्रत्येक दिन दुईजना प्रहरीले खानतलास गर्दै आएका छन् ।

(आजको नयाँ पत्रिका दैनिकबाट) 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts