फरक परिवेश समान सोचका डा. दम्पति



Download our app to get more features

शुख, शान्ति र संमृद्धिको अपेक्षा सबैमा हुन्छ । यीनै चीज प्राप्तिको लागि मानिस हरपल प्रयासरत रहन्छ ।  चाहना भएर मात्र पनि यी चीज सबैले भोग गर्न पाएका हुँदैनन् । 
माया, प्रेम, सम्मान र विश्वासले दाम्पत्य जीवन सुखमय हुने र जीवनमा आइपर्ने चुनौतीलाई सहजै समधान गरि सुन्दर जीवन ज्यून सकिने तर्क गर्छन् डाक्टर चन्द्रमणि पौडेल र डा. बुलु वाग्ले पौडेल । हाम्रो डाक्टर मासिक पत्रिकाको यस अंकमा हामीले डा. पौडेल दम्पतिलाई समावेश गरेका छौं ।

प्रस्तुत छ डा पौडेल दम्पतिसँग गरेको कुराकानीको अंश:—
०३४ सालमा स्याङ्जामा मध्यम वर्गीय परिवारमा जन्मिएका डा. चन्द्रमणि पौडेल सानैदेखि निकै लगनशील थिए । हुने बिरुवाको चिल्लो पात भने जस्तै उनी विद्यालय स्तरको पढाईमा प्रायः सधै प्रथम हुन्थे । विद्यालयमा जेहेन्दार, मेधावी विद्यार्थीको पहिचान बनाएका डा. पौडेलले सो पहिचान पछिसम्म पनि जोगाइ राखे । ०५० सालको एसएलसी परीक्षामा डा. पौडेल जिल्ला सेकेण्ड भएका थिए । वाक पटुता भएका डा. पौडेलले एसएलसी पछि पीएनक्याम्पस पोखराबाट आइएसी उत्र्तीण गरे र त्यसमा पनि कलेज प्रथम भएको उनले बताए ।  

तपार्इं डाक्टर बन्ने इच्छा कसरी पलायो भन्ने प्रश्नमा डा. पौडेलले भने ‘त्यस बेला एसएलसी, आइएसीको ठुलो महत्व थियो । विद्यालयमा प्रथम, द्धितीय हुनेलाई त समाजले निकै राम्रो मान्थ्यो । एसएलसीमा जिल्ला टप र सेकेन्ड हुने मानिसलाई त सिंगो जिल्लामा चिनिन्थ्यो ।’ 

मेधावी विद्यार्थी भएकाले विद्यार्थी स्वयंको भन्दा पनि समाज र परिवारको चाहना बढी थोपरिन्थ्यो । परिवारकै चाहनामा डाक्टर, इन्जिनियर वा पाइलट बन्नु पर्ने हुन्थ्यो । उनले भने ‘तर मेरो विषयमा त्यस्तो केही भएन । म त्यती बेलैदेखि डाक्टर बन्छु भन्थे ।’ डा. चन्द्रमान पौडेलको बाल्यकाल सोफामासँगै बसेकी डा. बुलुले सुनिरहेकी थिइन । पतिको बाल्यकाल सुनेर उनी मुस्कुराउदै थिइन् । 

जहाँ इच्छा त्यहाँ उपाय भने झै डा. पौडेलले ०५५ सालमा शिक्षा मन्त्रालयले एमबीबीएस पढ्नको लागि प्रदान पर्ने छात्रवृतिमा नाम निकाली नेपालगञ्ज मेडिकल कलेजमा पढाई सुरु गरे । यहीबाट उनको डाक्टर बन्ने इच्छा औपचारिक रुपमा सुरु भयो । एमबीबीएस मात्रैनभएर एमडी पनि डा. पौडेलले आइओएमले प्रदान गर्ने कोटामा नाम निकाले । चिकित्सा शास्त्र अध्ययन अध्यापनको क्रममा डा. पौडेलले ०७१ सालमा डीएम् उत्तीर्ण गरे । उनी अहिले मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर काठमाडौंमा चिकित्सक तथा उपप्रध्यापकका रुपमा कार्यरत छन् । 
डा. चन्द्रमणिसँगको कुराकानीपछि हामीले डा. बुलुको बाल्यकाल बारे पनि जान्ने कोशिस ग¥यौं । सरल स्वभाव, कम बोल्ने डा. बुलुले बाल्यकाल पनि चन्द्रमणिको जत्तिकै रोचक रहेछ । 

डा. चन्द्रमणिको भन्दा डा. बुलुको पारिवारिक अवस्था निकै भिन्न रहेछ । डा. बुलुकी आमा नै डाक्टर रहिछन । उनी काठमाडौंकी स्थायी बासिन्दा पनि हुन । डा. बुलुले भनिन् ‘अभाव र दुःखको महशुस छैन । मैलै विद्यालय तह सम्मको अध्ययन काठमाडौं सिद्धार्थ बनस्थलीबाट पुरा गरे । विद्यालयमा पढ्ने विद्यार्थीमध्ये कै भए पनि प्रथम वा द्वितीय भने भइन ।’ 

उनले आइएसी नेपाल साइन्स क्याम्पसबाट गरेको बताइन । आमा पनि डाक्टर भएका कारण हुनसक्छ उनका पनि सानैदेखि डाक्टर बन्ने रहर जागेको बताइन । उनले भनिन् ‘मेरो परिवारको इच्छा पनि त्यही थियो । सोही बमोजिम एमबीबीएको लागि शिक्षा मन्त्रालयबाट दिने छात्रवृत्तिको लागि एक पटक प्रयास गरे तर नाम निक्लिएन र सोही वर्ष निजी खर्चमा नेपालगञ्ज मेडिकल कलेजमा एमबीबीएस पढ्न थाले । ’ 

डा. बुलुले एमडी भने आइओएमले दिएको कोटामा गरेको बताइन । उनी हाल कान्ति बाल अस्पतालमा बाल रोग विशेषज्ञको रुपमा कार्यरत छिन् । उनले भनिन् ‘हामी दुबै जना नेपाल सरकारको स्थायी चिकित्सक हौं ।’

डा. चन्द्रमणि पौडेल र डा. बुलुको पहिलो भेट नेपालगन्ज कलेज मै भएको रहेछ । पहिलो भेट र विवाहको बारेमा जिज्ञासा राख्दा डा. बुलुले भनिन्  ‘मैले अघि पनि भने, हाम्रो पहिलो भेट नेपालगञ्ज मेडिकल कजेलमा भएको हो । म भन्दा उहाँ (डा चन्द्रमणि) एक ब्याच सिनियर । सुरुमा त त्यस्तो केही भएन एक असल साथी थिर्यौ । तर विस्तारै हामीबीच प्रेम बस्दै गयो । परिवारमा पनि विवाह गर्ने कुरा हुन थाले । त्यसपछि विवाह अगाडी म काठमाडौंकी उहाँ स्याङ्जाको केही अप्ठ्यारोका बाबजुत पनि हामीले पारिवारिक सहमतिमै ०६५ सालमा विवाह ग¥यौ । अहिले हाम्रो एक छोरा छ ।’

घर परिवार कसरी व्यवस्थापनगरिरहनु भएको छ
डा.चन्द्रमणी भन्छन् ‘हामी दुबै जना एउटै पेशामा भएकाले पनि व्यस्तता बारे बुझ्छौं । पारिवारका लागि समय दिन सकेनौं भनेर कहिल्यै गूनासो आपसमा गर्दैनौं ।’ 
दुबैको एक अर्काप्रतिको बुझाई र मायाका कारण सहज तरिकाले जीवन चलिरहेको उनीहरु बताउँछन् । डा. बुलुले थपिन्, ‘परिवार सही तरिकाले म्यानेज गर्न र खुसी हुन सबै भन्दा ठुलो कुरा विश्वास र कामप्रतिको बुझाई नै हो । विवाहपछि अझै जीवन सहज सुन्दर भएको छ । भ्याएसम्म दुबैले काम गर्छौ । हाम्रो परिवारले पनि हामीबाट त्यती धेरै समय र कामको अपेक्षा गर्दैन् । परिवारको सहयोग समर्थन धेरै छ ।’

डा.बुलुलाई चन्द्रमणिका मन प्रर्ने बानी:
    कामप्रति लगाव राख्ने ।
    परिवारको हेरचाह गर्ने ।
    मैलै गर्न लागेका हरेक काममा बाधा नपार्ने ।

मननपर्ने बानी:
    खाना बनाउन त्यती आउँदैन् ।
    बर्थ डे भ्यालेन्टाइन डे जस्ता अकेजन भुल्ने ।
    आफुले गरेजस्तंै अरुको पनि काम खोज्ने ।
    रिसाउने ।

डा.चन्द्रमणिलाई डा. बुलुका मन पर्ने बानी 
   साधारण, काममा इमान्दार ।
    जस्तो वातावरणमा पनि रमाउन सक्ने ।
    मिलनसार ।
    घरपरिवार सही व्यवस्थापन गर्न सक्ने ।

मन नपर्ने बानी:
    रिसाउने ।
    बाहिर घुम्न जान त्यती नरुचाउने ।
    कम बोल्ने ।
   भनेको कुरा हुनै पर्ने । 

Last modified on 2018-07-13 18:43:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts