पार्किंङको नाममा सेवाग्राहीसँग दैनिक लाखौं ठगी गर्दै नर्भिक अस्पताल



Download our app to get more features

काठमाण्डौ । राजधानीको थापाथलीमा रहेको नर्भिक अस्पतालले पार्किङको नाममा दैनिक लाखौं ठगी गरिरहेको पाइएको छ । 

सशुल्क सेवाग्राहीलाई अनिवार्य पार्किङको सुविधा दिनु अस्पतालको न्यूनतम कर्तव्य भएपनि वर्षौंदेखि अस्पतालले बापत छुट्टै पैसा असुल गरिरहेको छ । अस्पतालले उपचार गराउन आएका बिरामी र उनका आफन्तसँग अस्पताल आए नै पिच्छे १० रुपैयाँदेखि १ सय ५० रुपैयाँसम्म असुल गर्दै आएको छ । अस्पतालले पार्किंगका लागि भनेर नौजना कर्मचारी सहितको समूहलाई जम्मा दिएर उनीहरु मार्फत पैसा असुलिरहेको छ । मंगलबार दिउसो अस्पतालको पार्किंगमा तीनजना युवा र त्यहाँ पैसा उठाउने कर्मचारीबीच चर्काचर्की पर्यो । विराटनगर स्थायी घर सुबोध अधिकारी उपचाररत बिरामी भेट्न आएका थिए । तर, डेढघण्टा अस्पताल भित्र बिताएका  उनलाई पार्किंङ शुल्क स्वरुप २० रुपैयाँ लिइयो ।

त्यसपछि आक्रोशित बनेका उनले अवैध रुपमा अस्पतालले पैसा उठाइरहेको आरोप लगाए । उनले भने 'हामी यही अस्पतालका सेवाग्राही हौं हामीले भित्र पैसा तिरेका छौं । त्यहाँमाथि यो अस्पतालकै हाताबाट पैसा उठाउन पाइन्छ ? यसको विरुद्ध म उजुरी दिन्छु ।' अधिकारीलाई सँगैका केहीले साथ दिए । तर, पार्किङका कर्मचारीले यसका बारेमा अस्पताल प्रशासनसँग कुरा गर्न भन्दै पन्छाए । 

अर्की सेवाग्राही नीता गुरुंङले एकहप्ता अस्पतालमा कुरुवा बस्दा करिब २ हजार त पार्किंग शुल्कमात्र तिरको गुनासो गरिन् । काम परेर बाहिर निस्कँदा र आउँदा फेरी नयाँ चिट काट्नुपर्ने भन्दै अस्पतालले पार्किंगको पैसा लिएर ठगी गरेको आरोप लगाइन् । अस्पताललमा दैनिक एकहजार भन्दा बढीले ओपिडी जाँच गर्छन । दैनिक सयौं बिरामी भर्ना हुने र निस्कन्छन् । दैनिक एकहजार भन्दा बढी दुईपांग्रे र चारपांग्रेले अस्पतालमा पार्किंङ गर्छन् । उनीहरुको सवारी साधनबाट दैनिक झण्डै लाख रुपैयाँ असूल गर्ने गरेको अस्पताल श्रोतले दावी गर्यो । 

अस्पतालले पार्किंङ चलाउने ठेक्का दिएबापत कति पैसा लिन्छ भन्ने गोप्य राखेको अस्पतालका एक कर्मचारीले बताए । नर्भिकमा पटक पटक पार्किङ शुल्क बन्द गर्नभन्दै गुनासो आउने गरेको भएपनि व्यवस्थापनले कुनै निर्णय नलिएको उनले बताए । यस विषयमा प्रतिक्रिया लिन खोज्दा निजी अस्पताल संघका अध्यक्ष समेत रहेका नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीको सचिवालयले बोल्ने समय नभएको प्रतिक्रिया दियो । राजधानीमा नर्भिक बाहेक कुनैपनि निजी अस्पतालमा पार्किंङ बापतको पैसा लाग्दैन । 

ठूला बडाको सित्तैमा उपचार गर्ने निमुखालाई ठग्नेः उपभोक्ताकर्मी

दाहिने खुट्टा भनेर देब्रे खुट्टा चिरेर आलोचित बनिरहेको अस्पतालले सरकारले जारी गरेको ऐन र निर्देशिकाको उंल्लघन गरेर अस्पतालले ठगी गरिरहेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले बताए ।अधिवक्ता समेत रहेका बानियाँले नर्भिकले स्वास्थ्य संस्था स्थापना तथा सञ्चालन निर्देशिका र उपभोक्ता संरक्षण ऐन दुवै पालना नगरेको बताए । उनले भने 'केही सेलिब्रेटी र नेताको सित्तैमा उपचार गर्ने र पहुँच भएपछि आफुले केही नियम नै मान्न नपर्ने मानसिकता नर्भिक प्रशासनको रहेको छ ।  नर्भिकमा अस्पतालमा पार्किंङमा मात्र नभै ओपिडीमा समेत सरकारले तोकेको अधिकतम शुल्कभन्दा माथि असुल भैरहेको बानियाँले यसलाई कानुनतः ठगी भन्न मिल्ने बताए । उनले यसैगरी उपभोक्ता ठगिएको टुलुटुलु हेरेर नबस्ने प्रतिक्रिया दिए । 

यो पनि पढ्नुहोस्

नर्भिक अस्पतालको अर्को खुलेयाम ठगी, खारेज भैसकेको स्वास्थ्यसेवा करका नाममा ५० लाख असुल

Last modified on 2018-06-23 15:45:37

1 Comments

  1. Annapurna nuro hospital ma pani lin6


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts