मेडिसिटी र भरोसाले पनि टेरेनन् कर खारेजी, मेडिसिटी मु.अ.क लगाउँदै, भरोसामा स्वास्थ्य सेवा कर



Download our app to get more features

काठमाण्डौ । सरकारले बजेट ल्याएसँगै खारेज गरिएको स्वास्थ्य सेवा कर र स्वास्थ्य उपचारमा मूल्य अभिवृद्धि कर अस्पतालहरुले कार्यान्वयन नगरेको पाइएको छ । 

राजधानीका ठूला र सुविधा सम्पन्न भनिएका अस्पतालहरुले नै कर उठाइरहेका हुन् । हाम्रो डक्टरले यसअघि नर्भिक अस्पतालले सबै बिरामीलाई स्वास्थ्य सेवा कर उठाइरहेको समाचार प्रकाशित गरेसँगै अन्य अस्पतालले पनि स्वास्थ्य सेवा कर र मूल्य अभिवृद्धि कर उठाइरहेको पाइएको हो । 

देशकै सबैभन्दा सुविधा सम्पन्न भनिएको नेपाल मेडिसिटीले पनि मूल्य अभिवृद्धि कर असुल गरिरहेको छ । मेडिसिटीले स्वास्थ्य सेवा कर भने उठाएको छैन । उसले आफ्नो प्रणाली अपडेट गर्न केही दिन लागेको भन्दै जेठ २९ गतेसम्म मु.अ.क उठाएको बताएको छ । नेपाल मेडिसिटीका फाइनान्स प्रमुख सेचन देवकोटाले प्रणाली मिलाउन केही दिन लागेकोले कर जोडिएको बताए । उनले यो बीचमा असुल गरिएको कर राज्यलाई नै बुझाउने पनि दावी गरे । 

अर्थ मन्त्रालयले स्वास्थ्य सेवा कर र मूल्य अभिवृद्धि कर बजेट भाषण लगत्तै कार्यान्वयन हुने बताएपनि अस्पतालहरुले भने टेरेका छैनन् । हाम्रो डक्टर न्यूजसँग कुरा गर्दै अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुंगानाले गत १६ गतेयता कुनै अस्पतालले सेवाग्राहीलाई स्वास्थ्य सेवा कर वा मूल्य अभिवृद्धि कर दुवै लिन नपाउने बताए । 

भरोसाले स्वास्थ्य सेवा कर उठाउँदै 
राजधानीको बानेश्वर स्थित भरोसा अस्पतालले पनि अझै स्वास्थ्य सेवा कर असुल गरिरहेको छ । हाम्रो डक्टरलाई प्राप्त बिलमा अस्पतालले असार ८ गते सेवाग्राहीबाट अतिरिक्त पाँच प्रतिशत असुल गरेको पाइएको हो । 
परिपत्र गरको हो विस्तारै कार्यान्वयन हुन्छ । 

निजी अस्पताल संघका महासचिव हेमराज दाहालले करहरु हटाइएको विषयलाई लिएर सदस्य अस्पतालहरुलाई परिपत्र गरिएको जानकारी दिए । उनले करको कार्यान्वयन बजेट लगत्तै हुने हो वा साउन १ गतेबाट हुने भन्ने विषयमा अस्पताल सञ्चालकहरु दोधारमा रहेको भन्दै सरकारले स्पष्ट निर्देशन दिनुपर्ने बताउँछन् । उनले आफै संलग्न अस्पताल सुमेरुले भने बजेट भाषण पछि कुनै कर नउठाएको दावी गर्छन् । 

यो पनि पढ्नुहोस् 

नर्भिक अस्पतालको अर्को खुलेयाम ठगी, खारेज भैसकेको स्वास्थ्यसेवा करका नाममा ५० लाख असुल

Last modified on 2018-06-25 08:57:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts