योग शारीरिक आसन मात्रै होइन



Download our app to get more features

‘योग चित्तवृति निरोध’ अर्थात चन्चल चित्तलाई निश्चल गराउनु नै योग हो । योगको अर्थ समाधी अथवा अनुभुति हो । महर्षी ब्यासले योगको अर्थ समाधी भनेका छन् ।
संक्षेपमा योग भन्नु संयमतापूर्वक साधना गर्दै आत्मालाई परमात्माको साथ जोडेर आनन्द लिनु हो ।

जैनाचार्येको अनुसार जुन साधनहरूले आत्माको सिद्धि र मोक्षको प्राप्ति हुन्छ त्यो योग हो । स्वामी रामदेव बाबा भन्छन ‘योग समाधी हो आफ्नो पहिचान आफै गर्ने हो । म को हुँ कहाँबाट आए आदि कुराहरूको खोजी योगले गर्छ । 

योग अर्थात् एक अथवा एकभन्दा बढी चिज एक दोस्रोमा समावेश हुनु, अथवा जोडिनु । सामान्यतया हाम्रो समाजमा जुन ‘योग’ को कुरा गरिन्छ त्यो मात्र शरीरलाई स्वस्थ र तन्दुरूस्त राख्नका लागि गरिने केही शारीरिक आसन भन्ने बुझिन्छ । तर, वास्तविक रूपमा योगको अर्थ त्यो भन्दा धेरै फरक र माथि छ । 

नेपाली समाजमा योगलाई एक आध्यात्मिक प्रक्रिया पनि मानिन्छ, जसमा शरीर, मन र आत्मालाई एकत्रित गरिन्छ । सजिलो अर्थमा योग त्यो प्रक्रिया हो जसद्वारा हामी शरीर, मन र आत्मालाई सकरात्मक तरिकाले एकसाथ समावेश गर्छौं, अध्यात्मको प्राप्तीका लागि एक दोस्रोसँग जोड्छौं ।

ईश्वरको आराधनादेखि लिएर गीताका उपदेशसम्म, शरीरलाई स्वस्थ तथा स्फूर्तिवान राख्नदेखि लिएर तमाम बिमारीको समाधानसम्म, आत्मादेखि लिएर शरीर तथा मस्तिष्कको शुद्धिसम्म, हरेक ठाउँमा योग हुन्छ । 

प्राचीन कालमा कलात्मक रूपमा साधना गर्न तथा ईश्वरको तपस्या गर्न साधु सन्यासीहरू योगको सहारा लिने गर्थे । हिन्दु संस्कृति तथा धार्मिक मान्यताअनुसार योगमा त्यस्तो शक्ति छ कि यसलाई ब्रम्हाण्डका कुनै पनि शक्तिसँग साँध्न सकिन्छ ।

योगमा साधकका लागि जस्तोसुकै कुरा पनि असम्भव हुँदैन । अहिलेका मान्यताहरूको कुरा गर्दा योग मात्र केही शारीरिक व्यायाममा मात्र सीमित छ । गीतामा योगका बारै कैयौं ठाउँमा वर्णन गरिएको छ ।

भगवान कृष्णले योगका तीन प्रकार बताएका छन । ज्ञान योग, कर्म योग र भक्ति योग । जब कि योग प्रदीपमा यसका १० प्रकारबारे वर्णन गरिएको छ । 
१. राज योग, 
२. अष्टाङ्ग योग 
३. हठ योग 
४. लय योग 
५. ध्यान योग 
६. भक्ति योग 
७. क्रिया योग 
८. मन्त्र योग 
९. कर्म योग 
१०. ज्ञान योग । 

यसको अलावा धर्म योग, तन्त्र योग, नाद योगबारे पनि केही ग्रन्थमा उल्लेख छ । वेद, पूराण आदि ग्रन्थमा पनि योगका अनेक प्रकार बारे बताइएको छ । अब आजका सन्दर्भमा हमी जुन योगबारे कुरा गर्छौं ग्रन्थहरूमा त्यसलाई ‘अष्टाङ्ग योग’ को नाम दिइएको छ ।

अष्टाङ्ग योग 

भारतका चर्चित योग गुरू रामदेव र उनको संस्था पतञ्जलीले पनि मुख्यरूपमा योगको यही रूप ९अष्टाङ्ग० लाई महत्व दिएको छ । अष्टाङ्ग योग अर्थात योगका आठ अङ्ग । यी आठ अङ्ग सबै धर्मको सार मानिन्छन् । यी आठ अङ्गहरू हुन् ।

१. यम २. नियम ३. आसन ४. प्राणायम ५. प्रत्याहार ६. धारणा ७. ध्यान ८. समाधि

योगको उत्पत्तिबारे कुरा गर्ने हो भने वैदिक संहिता र वेदहरूमा ९०० देखि ५०० ईसापूर्वको बीचका तपस्वीहरूबारे उल्लेख गरिएको पाइन्छ । योग गर्ने साधकलाई पनि योगी भनिन्छ । योगी शब्द तपस्वीहरूका हकमा पनि प्रयोग हुन्छ ।

धार्मिक मान्यता तथा ग्रन्थहरूमा पनि साधु तथा साधकहरूका तस्वीरमा साधनका दौरान उनीहरूलाई योग मुद्रामा नै देखाइएको छ । गौतम बुद्धदेखि लिएर महावीर स्वामी तथा षिवलाई पनि पद्मासन मुद्रामा देखाइन्छ । 

ब्रम्हयोग र कर्मयोग
मान्यताहरूका हिसाबले योगको उपदेश सर्वप्रथम हिरण्यगर्भ ब्रह्माले सनकादिको र त्यसपछि विवस्वान अर्थात सूर्यलाई दिएका थिए । त्यसपछि उक्त ज्ञान दुई शखामा विभक्त भयो । एक ब्रह्मयोग र दोस्रो कर्मयोग ।

ब्रह्मयोगको परम्परा सनक, सनन्दन, सनातन, कपिल, आसुरि, वोढु र पच्चङ्शिख नारद ९शुकादिको० ले सुरू गरेका थिए । यो ब्रह्मयोग मानिसहरूका बीचमा ज्ञान, अध्यात्म तथा साङ्ख्य योग नामले प्रसिद्ध भयो । 

कर्मयोगको परम्परा विवस्वानको हो । विवस्वानले मनुलाई, मनुले इक्ष्वाकुलाई, इक्ष्वाकुले राजर्षीहरू एवम् प्रजाहरूलाई योगको उपदेश दिए । यी सबै कुराहरू वेद तथा पूराणहरूमा उल्लेख गरिएको पाइन्छ । 

वेदलाई संसारकै प्रथम पुस्तक मानिन्छ । जसको उत्पत्ति काल लगभग दश हजार वर्ष अघि भएको बताइन्छ । त्यही पुरातत्ववेत्ताको कुरालाई मान्ने हो भने योगको उत्पत्ति पाँच हजार ईसापूर्वमा भयो । गुरू–शिष्य परम्पराद्वारा योगको ज्ञान परम्परागत तरिकामा आधारित भएर एक पीढीबाट अर्को पीढीलाई मिल्दै आयो । 

योग तथा प्राणायाम गर्दा ध्यान दिनुपर्ने कुराहरू
योग तथा प्राणायाम गर्दा विभिन्न कुरामा ध्यान दिनुपर्छ । योग तथा प्राणायाम गर्दा आफु खुशी टेलिभिजन तथा पत्रपत्रिका हेरेर वा पढेको भरमा गर्नु हँुदैन र रोगी व्यक्तिले जथाभावी योग गर्दा नकारात्मक प्रभाव पर्न सक्छ र मुटु, दम उच्चरक्तचापका बिरामीले त योग गर्दा बिशेष साबधानी अपनाउनु पर्ने हुन्छ ।

त्यसैले योग प्रशिक्षकको सल्लाह बिना योग गर्नु हुदैन । योगको लागि शान्त, स्वच्छ, सफा र राम्ररी हावा खेल्ने ठाउँ, जस्तैं खुला कोठा, बगैँचा, आगन, दलान, छत आदि र खुला चौर वा नदीको किनार सर्वाधिक उत्तम मानिन्छ ।

उज्यालो हुनु एक घण्टा अगाडिको समयलाई ब्रह्ममुहूर्त वा अमृत बेला भन्निछ जुन बेला योग तथा प्राणायाम गर्नु उत्तम हुन्छ । सम्भव नभएमा बिहानको आठ बजे सम्मको समय अथवा खाली पेटमा बेलुका पनि योग तथा प्राणायामको अभ्यास गर्न सकिन्छ ।

प्राणायाम तथा योग अभ्यास सकभर खाना खाएको पाँच घण्टापछि वा पाँच घण्टासम्म पेट खाली भएको बेला गर्नुपर्छ । अभ्यासको आधा घण्टा पछि पानी पिउन र एक घण्टापछि खाना खान सकिन्छ ।

योगको बैज्ञानिक पुष्टि
योगले सम्पूर्ण अंगमा पर्याप्त मात्रामा अक्सिजन पुर्याउने गर्छ । 
योगले रक्तनलीहरू स्वास्थ्य र लचिलो हुन्छ । 
योगले शरीरका नाडीहरू लचिलोपन हुन्छ । 
योगले शरीरको मेटावोलिक सन्तुलन हुन्छ । 
योगले शरीरको हार्मोन, एन्जाइम सन्तुलन हुन्छ । 
योगले शरीरका भित्री अंगहरूको पनि अभ्यास हुन्छ ।
योगले शरीरका मल, विषाक्त बाहिर निस्कन्छ ।
 

प्राणायामबाट हुने फाइदा
१. भस्त्रीका: यस प्राणायमबाट सर्दी जुखाम (रूघाखोकी), एलर्जी, श्वासरोग, साईनस आदि सबै रोगको साथै कफ रोगबाट छुटकरा पाईन्छ । फोक्सो सवल हुन्छ । हृदय (मुटु) र मष्तिस्क (दिमाग) शुद्ध हावा लिनाले आरोग्य लाभ हुन्छ ।

थाईराइड, टन्सिल आदि गला (घाँटी) को सबै रोग हट्छ । रगत शुद्ध गर्न र शरीरका बिकारहरू बाहिर निकाल्छ । प्राण र मनलाई स्थिर बनाई प्राणोत्थान तथा कुण्डलिनी जागरण बनाउन सहयोग पुर्याउँछ । यो प्राणायाम ३ देखि ५ मिनेट गर्नुपर्छ ।

२. कपालभाती प्राणायाम: मष्तिस्क (दिमाग) मुखमण्डलमा ओज तेज आभा आउनुका साथै सौन्दर्य बढाउँछ । सबै कफ रोग, दम, खासी, एलर्जी, साईनस आदि रोगबाट छुटकरा पाईन्छ । हृदय (मुटु) फोक्सो र मष्तिस्क (दिमाग) को रोग हट्छ । मोटोपना मधुमेह (सुगर) गैस (ग्यास), कब्जियत, अम्लपित, मिर्गौला र प्रोस्टेडसँग सम्बन्धि रोगहरू हट्छ ।

कब्जियत जस्तो खतरनाक रोगबाट मुक्तीपाउन १०/१५ मिनेट प्रत्येक दिन गर्नाले हट्छ । यसले मधुमेह विना औषधि कन्ट्रोल हुन्छ । १ महिनासम्म लगातार गर्नाले बढेको पेट कम हुनुको साथै वजन पनि ४ देखि ८ किलो कम हुन्छ । हृदय (मुटु) मा आएको अवरोध (ब्लोकेज) खुल्छ मन स्थिर प्रसन्न र नकारात्मक विचार हट्छ । डिप्रेशन आदि रोगबाट मुक्ती पाईन्छ ।

चक्रोका सोधन तथा मुलाधार चक्रेदखि सहस्रार चक्रसम्म सबै चक्रसम्म सवै चक्रमा एक दिव्य शाक्ति जागरण भएको महसुस हुन्छ । यसबाट आमाशय, अग्न्यासय (पेन्क्रियाज) लिभर, प्रोस्टेड र मिर्गौलालाई खास गरेर फाईदा गर्छ । पेटको लागि त अरू आसनबाट नभएको फाईदा दिन्छ । पाचनशक्ती कमजोर भएकोलाई सवल र सक्षम बनाउछ ।

३. बाह्य प्राणायाम:  यसले कोलेस्ट्रोल मनको चन्चलता हटाउँछ जठराग्नी अर्थात् पेटको अग्नि बढाई भोक लाग्छ । उदररोगमा फाईदा गर्छ बुद्धि सुक्ष्म र तिव्र हुन्छ । विर्यको उत्पादन क्षमता गराई स्वप्नदोष शिघ्र पतन र धातु विकारलाई समाप्त गर्छ ।

साथै सबै स्त्रीरोग गर्भासय सम्बन्धी खराबीहरूलाई यो प्राणायाम अत्यन्त फाईदाजनक छ । यसले पेट सम्बन्धी सवै भागमा बल पर्ने हुँदा सुरूमा पेटको कमजोर तथा रोगग्रस्त भागमा हल्का दुखाई हुन्छ । आत्तिनु पर्दैन । पेटलाई आराम तथा आरोग्य दिनलाई त्रिबन्धपुर्वक यो प्राणायाम गर्नुपर्दछ ।

अग्निसार क्रिया: यो प्राणायाम नभई बाह्य प्राणायमको सहयोगी क्रिया हो । यसले पेटमा भएका सवै बिकारहरू जस्तै अपच, कब्जियतलाई नष्ट गर्छ । पाचन प्रणाली राम्रो हुन्छ । बिहान सबेरै उठेपछि २–३ गिलास मनतातो पानी पिउने बानी पार्नु पर्छ । यसले नियमित दिशा गराउन सहयोग गर्छ । यस क्रियाको नियमित अभ्यासले मोटोपन, मधुमेह, मुत्र रोग ठिक भई पिसाबमा जलन कम हुन्छ । बहुमुत्र हुन बन्द हुन्छ ।

४. उज्जायी प्राणायाम: जसलाई वर्ष भरी नै अर्थात १२ महिना सर्दी खासी जुखाम (रूघाखोकी)  का साथै टन्सिल थाईराइड, ग्लैड, अनिन्द्रा (निद्रा नलाग्ने) , मानसिक, तनाव, रक्तचाप, अजिर्ण, आमवात, जलोदर, क्षयज्वर, प्लिहा आदी रोगलाई यो प्राणायाम लाभकारी छ । गलालाई ठिक निरोगि र मधुर बनाउनकालागी यसको नियमित अभ्यास गर्नुपर्छ कुन्डलीनी जागरण र अपच ध्यान आदिको लागि पनि अत्यन्तै फाईदा गर्छ ।

५. अनुलोमविलोम प्राणायाम:  हाम्रो शरीरमा ७२ करोड ७२ लाख १० हजार २९० नाडीहरू छन् । ति सुसुप्त अवस्थामा हाम्रो शरीरमा बसेका हुन्छन् । ति सबैलाई जाग्रित गराई परिशुद्ध गर्ने काम यो प्राणायमले गर्छ । साथै सबै नाडीहरू शुद्ध हुने हुँदा शरीर पूर्ण स्वस्थका साथै कान्तिमय र बलियो हुन्छ ।

सन्धिवात, आमवात, गठिया, कम्पवात, स्नायुदुर्वलता आदि सबै वाथ सम्वन्धी रोगहरू मुत्ररोग, धातुरोग, शुक्रक्षय, अम्लपित्त, शितपित्त आदि सवै पित्तरोग सर्दि खासी जुखाम (रूघाखोकी), विग्रेको रूघा, साईनस, अस्थमा, खासी, टन्सील आदि सवै कफ रोग नास हुन्छ ।

मुटुको नशा प्वालहरूमा भएको अवरोध (ब्लोकेज) खुल्छ । यो प्राणायाम नियमित गर्नाले लगभग ३/४ महिना पछि ३० देखि ४० प्रतिशत सम्म अवरोध (ब्लोकेज) आफै खुलेको एउटा रोगीलाई प्रयोग गर्दा पत्ता लागेको छ । नकारात्मक चिन्तन (सोचमा) परिवर्तन आई सकारात्मक सोच हुन्छ । शरीरमा आनन्द उत्साहका साथै निर्भयता प्राप्त हुन्छ ।

साराशंमा भन्नु पर्दा यो प्राणायामवाट मन, तन विचार संस्कार सवै परिशुद्ध हुन्छन शरिरमा भएका सम्पूर्ण रोगहरू नष्ट हुन्छन, यो प्राणायामले जुनसुकै रोगको लागि पनि लाभकारी छ ।

मन शुद्ध भई ओमकारको ध्यानमा लिन भईन्छ । यो प्राणायाम २५० देखि ५०० पटकसम्म गर्नाले मुलाधार चक्रको कुण्डलीनी शक्ति जुन अधोमुखी हुन्छ त्यो उर्धमुखी हुन्छ । अर्थात कुण्डलीनी जागरणको प्रक्रिया प्रारम्भ हुन्छ ।

६. भ्रामरी प्राणायामः भ्रामरी प्राणायामले चञ्चल मन शान्त हुन्छ । मानसिक तनाव, उत्तेजना, उच्च रक्तचाप, हृदय रोग, नाक, कान, घाटीको रोगमा धेरै फाईदा हुन्छ ध्यान गर्नको लागि यो प्राणायाम अति महत्वपूर्ण छ ।

७. उदगिथ प्राणायाम (ओमकार जप): यो प्राणायामले साधकले ध्यान गर्दा गर्दा सच्चिदान्नद स्वरूप ब्रह्मको स्वरूपमा एक चित्त भई त्यसैमा डुब्छ । दिव्य आन्नद प्राप्त हुन्छ । हामी सुत्ने बेलामा पनि यो ध्यान गर्नाले सुत्दा गहिरो र चाडै निन्द्रा पर्ने तथा नराम्रा सपनाबाट मुक्ती पाईन्छ ।

८. प्रणब प्राणायाम (प्रण जप): यो प्राणायाम नै प्राणायामको चरण हो । यसलाई ध्यान अवस्थामा बस्ने भनिन्छ । वस्तुत प्राणायामको परिणाम नै ध्यान हो । सवै प्राणायाम सम्पन्न गरिसकेपछि ईन्द्रिय एवम् मनलाई बिश्राम दिन लामो सास लिदै छाडदै आरमसाथ मुख आखा बन्द गरी एक चित्त भई आसन शुद्ध गरी ध्यानमा बस्नु पर्छ । । जस्ले गर्दा हाम्रो सम्पूर्ण जिवन योगमय हुन्छ । मनलाई स्थिर राख्दै आत्मबोध गराई ध्यान शक्तीलाई उजागर गर्ने हुनाले कम्तिमा २ मिनेट यो प्राणायम गर्नुपर्छ ।

Last modified on 2018-07-19 09:54:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts