जिम जानुभन्दा पहिले सेक्स गर्नु कतिको उचित !



Download our app to get more features

यदि तपाईं आफ्नो फिटनेसलाई लिएर एकदमै सचेत हुनुहुन्छ र सोच्नुहुन्छ, जिम जानुभन्दा पहिले सेक्स गर्नु ठिक होइन भने तपाईंको यो धारणा गलत छ । हालै सार्वजनिक गरिएको एक अध्ययन अनुसार जिम जानुभन्दा पहिले सेक्स गर्नाले तपाईंको मांशपेसीमा कुनै विशेष प्रभाव पार्दैन ।

जानौं यसबारे केही खास कुरा...

के भन्छ अध्ययन 
एक हेल्थ वेभसाइटमा प्रकाशित गरिएको एक अध्ययनले परानो सबै धारणालाई उल्ट्याएको छ । क्यालिफोर्निया स्टेट यूनिभर्सिटीका वैज्ञानिकहरुले १२ जनालाई समावेश गरेर अध्ययन गरेको हो । ती १२ जनाले राति सेक्स गरे र विहान उठेर जिममा व्यायाम गरे ।

सेक्सको प्रभाव
वैज्ञानिकले ती १२ जनाको क्षमतामाथि सेक्सको कुनै प्रभाव नपरेको बताए । त्यतिमात्र होइन कि जिममा तौर उठाउने देखि लिएर सबै प्रकारको एक्सरसाइजमा ती व्यक्तिलाई कुनै प्रकारको कुनै कठिनाई भएन ।

यो पनि देखियो 
अध्ययनमा, यदि तपाईं सेक्स गरिसकेपछि १२ घन्टाको भित्रमा जिम जानुहुन्छ भने तपाईंको शरीरमा यसको कुनै प्रभाव नपर्ने पनि भनिएको छ । 

के सबै व्यक्तिमा लागु हुन्छ यो कुरा ?
यो जरूरी छैन की अध्ययनमा बताइएको सबै कुरा सबै व्यक्तिमा लागु हुन्छ र त्यो सहि प्रमाणित हुन्छ । कैयौं पटक प्रत्येक व्यक्तिको शारीरिक क्षमतामा पनि यो कुरा निर्भर हुन्छ । 

हर्मोनले हुन्छ असर
व्यक्तिको सेक्स क्षमता उसको टेस्टोस्टेरोइन हर्मोनमाथिट निर्भर गर्छ । जुन कि फरक फरक मानिसमा फरक फरक हुन सक्छ । 

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2018-07-21 14:18:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts