महिनावारीको समय खान नहुने चिजहरु



Download our app to get more features

महिनावारीको समयमा विशेषगरी अमिलो, पीरो खानुहुँदैन । यो समयमा महिलाहरुलाई शारीरिक र मानसिक समस्या हुन्छ । मांसपेशिमा तनाव, दुखाई, चक्कर आउनु, हातखुट्टा बाउडिनु र गह्रुगोपन आदी सामान्य समस्या हुन्छ। महिनावारीको समय महिला पिच्छे सबैको फरक–फरक समस्या देखिन्छ ।

पेट पनि कसैलाई धेरै दुख्ने हुन्छ भने कसैलाई कम दुख्ने हुन्छ । महिनावारीको दुखाई र महिनावारीको दिन (समय) सबै महिलाका लागि छुट्टाछुट्टै हुन्छ । यस्तो अवस्थामा कुनै एक जनाको स्थितीको आधारमा अरुको अवस्थाको बारेमा भने आंकलन गर्न सकिदैँन ।

महिनावारीको दुखाई कम गर्नका लागि धेरै घरेलू उपायहरु छन् । कसैले त औषधि पनि खाने गर्दछन् । दुखाईको उपायका साथसाथै महिनावारीको समय खानपानको पनि विशेष ध्यान दिनुपर्छ । खानपानमा कहिले पनि यस्तो खानेकुरा खानु हुन्न, जसले दुखाई अझ बढाउँछ र बिरामी पनि बनाउन सक्छ । 

१. कैफीनः महिनावारीको समय कैफीनयुक्त खाना खानु घातक हुन सक्छ । अत्यधिक मात्रामा चिया, कफी वा सफ्ट ड्रिन्क्स पिउनाले हानी पुर्याउन सक्छ । यसले हात खुट्टा बाउडिन्छ र दुखाई बढाउँछ । यस अवस्थामा दिनमा एक वा दुई पटक मात्र अर्गानिक चिया पिउनु राम्रो हुन्छ । 

२. मादक पदार्थः महिनावारीको समय मादक पदार्थबाट टाढैँ बस्नु पर्छ । महिनावारीको समय रक्सी, वियर जस्ता मादक पदार्थ पिउनाले पेटको तल्लो भाग सुन्निन सक्छ ।

३. चकलेटः चकलेटमा कैफीन हुन्छ, जसले क्रैम्पिगमा समस्या उत्पन्न हुन्छ । कैफीनले गर्दा मांसपेशिहरु बाउडिन थाल्छ र दुखाई सुरु हुन्छ । 

४. रातो मासुः रातो मासु खानाले महिनावारीको समय हुने दुखाई बढ्छ । रातो मासुमा पाइने एसिडले प्रोस्टेट ग्ल्याण्डलाई धेरै नै सक्रिय बनाई दिन्छ, जसले गर्दा महिनावारीको समय हुने दुखाई अझ बढेर जान्छ । 

५. अचारः महिनावारीको समय धेरै अमिलो, पिरो र मसालेदार खाना खानु हुँदैन । विशेष गरी नुनिलो र अचार । यिनिहरुमा सोडियमको मात्रा भरपूर हुन्छ जसले दुखाई बढ्न सक्छ ।

(एजेन्सीको सहयोगमा)

Last modified on 2018-07-24 12:35:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts