दिसा गर्दा रगत आउँछ ?



Download our app to get more features

दिसा गर्दा रगत आउँछ ? दिसामा रगत आउँछ भने तपाईलाई विभिन्न किसिमको समस्या पनि हुनसक्छ । दिसा गर्दा मलद्वारमा धेरै दुख्ने समस्या हुँदा पनि रगत देखिन्छ । चिकित्सकहरुका अनुसार दिसामा रगत आउने समस्या धेरै पीरो खाने गर्नाले पनि हुनसक्छ ।

यस्तो अवस्थामा खानामा हरियो तरकारीहरु खानुलाई निकै फाइदाजनक मानिन्छ । हुनतः दिसामा रगत आउने समस्या धेरै ठुलो होइन, तर तत्कालै उपचार नगरे स्वास्थ्यमा विभिन्न किसिमका समस्याहरु सिर्जना हुनसक्छ ।

दिसामा रगत आउने समस्याबाट छट्कारा पाउन घरेलु उपायहरु पनि अपनाउन सकिन्छ । पायल्स छ भने पनि दिसामा रगत देखिन्छ ।

पायल्सका बिरामीले के नखाने ?

अदुवा, मासको दाल, पिरो, अमिलो, चिल्लो तथा मसला बढी भएको, माछा–मासु, बासी खानेकुरा, चना, भेन्टा, आलु, बोतल बन्द खानेकुराहरू, पुरानो अचार, रेडिमेड खानेकुरा, चियाकफी, चुरोट, रक्सीजस्ता चीज उपभोग नगर्ने, खाली पेट नबस्ने, बिहान अबेरसम्म नसुत्ने लगायतका कुरामा ध्यान दिने । 

केही घरेलु उपायहरु 
बेलको फल १० ग्राम, सुख्खा धनियाँ १० ग्राम र २० ग्राम मिश्रीलाई पिस्ने । पिसेर बनाइएको ५ ग्राम पाउडरलाई स्वच्छ पानीमा दिनमा तीन पटक पिउने गर्नाले दिशामा रगत आउने समस्याबाट छुट्कारा पाउन सकिन्छ । 

खानामा खुसार्नीको धुलो, अत्यधिक मसालाको प्रयोग गर्नुहुँदैन् । यसले पेटमा अनेकौं समस्याहरु निम्त्याउन सक्छ । 

दिसा गरिसकेपछि करिव आधा घण्टासम्म कपालभाति प्राणायाम गरे दिशामा रगत आउने समस्याबाट तत्कालै छुट्कारा मिल्न सक्छ । 

(एजेन्सीको सहयोगमा) 

Last modified on 2018-07-25 13:49:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts