विश्व स्तनपान दिवस

स्तनपान कसरी गराउने ? सातवटा टिप्स यस्ता छन्...



Download our app to get more features

विश्व स्तनपान सप्ताह मनाइरहँदा शिशुलाई नियमित स्तपान गराउँदा हुने फाइदा, यसको महत्वका बारेमा विभिन्न सरोकारवाला क्षेत्रबाट सचेतनाको काम भैरहेको छ । आमाको दूध बच्चालाई अमृत समान हुने तथ्यका बारेमा पनि धेरै मानिस जानकार छन् । स्तनपानको महत्वसँगसँगै यसका अन्य विषयमा पनि जानकारी लिनु आवश्यक छ । 

यहाँ स्तनपान गराउने तरिकाहरुका बारेमा चर्चा गरिएको छ । सहि तरिकाले स्तनपान गराउनका लागि यहाँ सात टिप्स प्रस्तुत गरिएको छ । 

  • सकेसम्म आमाले निहुरिएर स्तनपान गराउनु हुँदैन ।  यसरी स्तनपान गराउदा बच्चाको कानमा दूध पस्ने सम्भावना हुन्छ । आमाले सुतेर पनि स्तनपान गराउनु हुन्न । सुतेर स्तनपान गराउदा आमाको स्तनले नाक थुनिएर सास फेर्न गाह्रो भई बच्चाको मृत्यु समेत हुनसक्छ । 
  • दूध खाइसकेपछि बच्चालाई माथि उठाएर डकार गराउनु पर्छ । बच्चाले दूधसँगै हावा पनि तान्ने भएकाले डकार्दा हावा बाहिर फालिन्छ, अनि खाएको दूध स्वच्छ भई बान्ता हुनबाट पनि रोकिन्छ ।
  • राती सुतेको बेला कतिपय आमा बच्चाको मुखमा स्तनको निप्पल राखिदिने र निदाउँछन् । लामो समयसम्म बच्चाको मुखले निप्पल भिजिरहेमा आमाको स्तनमा संक्रमण हुन सक्छ । त्यसैले बच्चाले चुसिसकेपछि निप्पल बाहिर निकाल्नु पर्छ ।
  • स्तन वरपर घाउ, खटिरा आएमा सोही स्तन निचोरेर दूध लगाएमा औषधिको काम गर्ने गर्छ ।
  • बच्चाले दूध चुस्न नसके स्तन निर्चोनुपर्छ । नत्र त्यही दूध गान्निएर पाक्ने सम्भावना हुन्छ । 
  • समय नपुगि जन्मेको बच्चालाई धेरै समय गान्निएर बसेको आमाको दुध खुवाउनु हुँदैन । उक्त दुध निकै बाक्लो हुने भएकाले एकैपटक बच्चाले बचाउन सक्दैन । सुरुको दूध फालेर मात्रै खुवाउनुपर्छ । 
  • सकेसम्म बोतलको दूध बच्चालाई खुवाउनु हुँदैन । खुवाउनै पर्ने बाध्यता भए चम्चामार्फत खुवाउने । किनकी बोतलको सरसफाई नपुगेमा बच्चालाई संक्रमण भई विभिन्न रोग लाग्न सक्छ ।  
Last modified on 2018-08-02 08:16:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts