स्तनपानले ‘मेनिनजाइटिस’ हुनबाट बचाउँछ !  



Download our app to get more features

आमाको दूधमा पाइने ‘शुगर ग्रुप बी’ ले ‘स्ट्रेप्टोकोक्कस’ नामक ब्याक्टेरियाबाट बचाउने एक अध्ययनले देखाएको छ । ब्रिटिश वैज्ञानिकहरुका अनुसार ‘स्ट्रेप्टोकोक्कस’ नामक ब्याक्टेरियाका कारण शिशुहरु मेनिनजाइटिस जस्ता घातक रोगबाट संक्रमित हुने गर्दछ ।

इंपीयरियल कलेज अफ लन्डनका अनुसन्धानकर्ताहरुले जाम्बिया भन्ने ठाउँमा बस्ने महिलाहरुमाथि परीक्षण गरे । त्यसपछि आमाको दूधमा विभिन्न प्रकारका शुगरको मिश्रण भएको भेटियो । जसलाई ‘ओलिगोसैक्राइड्स’ भनिन्छ । वैज्ञानिकहरुका अनुसार यो महिलाहरुको अनुवांशिक स्थितिमाथि पनि निर्भर हुन्छ ।

अर्को भाषामा यसलाई ‘लुइस एन्टीजन सिस्टम’ पनि भन्ने गरिन्छ । विशेषज्ञहरुले हानिकारक ब्याक्टेरियाको उपस्थितिलाई पत्ता लगाउन शिशु जन्मेको ६ दिन, ६० दिन र ८९ दिनको अन्तरालमा परीक्षण गरेका थिए । परीक्षणको क्रममा जुन आमाको दूधमा विशेष किसिमको शुगर पाइएको थियो । उनको सन्तानमा घातक जीवाणुबाट संक्रमित हुने खतरा पनि निकै कम थियो । 

(एजेन्सीको सहयोगमा)

Last modified on 2018-08-03 15:16:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts