न्युजल्याण्डकी प्रधानमन्त्री अर्डेरन सुत्केरी विदापछि काममा 


Download our app to get more features
Birat Hospital

विलिङटन, १८ साउन । न्युजल्याण्डकी प्रधानमन्त्री जसिन्दा अर्डेरनले सुत्केरी विदा पुरा गरेर काममा फर्किएकी छन् । झण्डै छ हप्ताको विदा सकेर उनी बिहीबार काममा फर्किएको अधिकारीहरुले जानकारी दिएका छन् । उनले सो अवधिलाई “मेरो जीवनमा सबैभन्दा छिटो बितेको छ हप्ता” भनेकी छन् । 

प्रधानमन्त्री भएकै बेला सुत्केरी हुने उनी विश्वको दोस्रो व्यक्ति हुन् । यसअघि सन् १९९० मा पाकिस्तानकी तत्कालिन प्रधानमन्त्री बेनेजिर भुट्टोले पनि प्रधानमन्त्री भएकै बेला सन्तान जन्माएकी थिइन् । अहिले ३८ बर्षकी प्रधानमन्त्री अर्डेरन न्युजल्याण्डको इतिहासमा थोरै उमेरमै प्रधानमन्त्री हुने व्यक्तिमध्येमा पर्छिन । 

vayoda

“म विदामा भएका बेला कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी लिनुभएका मेरा सहकर्मीले न्युजल्याण्डको लागि राम्रो भूमिका निर्वाह गर्नुभएको छ भन्ने मैले विश्वास लिएकी छु,” उनले भनिन् । प्रधानमन्त्री अर्डेरनले विदाको समय आफ्नो सन्तान र परिवारजनसँग आनन्द र खुशीका साथ विताएको बताइन् ।

“त्यो एउटा विषेश अवसर हो, त्यसलाई राम्रो रुपमा मैले अनुभूत गरेको छ, अब म पुर्ववत अवस्थामै काम गर्न सक्नेछु,” उनले भनिन् । आफु प्रधानमन्त्रीको काममा व्यस्त भएका बेला आफ्ना श्रीमान्ले आफ्नो सन्तानको हेरविचार गर्ने बताउदै उनले थपिन्, “म धेरै भाग्यमानी छु, यस्तो अवसर संसारका थोरै महिलाले मात्रै पाएका छन् ।”  एएफपी

bnc samyog_advertisement bathrog

Leave a Comment

Spark_health_home NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

BlueCross_Dec12 Related Posts norvic_hospital