पहिलो पटक यौन सम्पर्क कुन समयमा गर्ने ? 


Download our app to get more features
Birat Hospital

एजेन्सी । पहिलो पटक यौन सम्पर्क राख्नु अघि कति समय कुर्दा उपयुक्त हुन्छ भन्ने बारेमा हालै एक अध्ययन गरिएको छ । सोही अध्ययनको परिणाम बारे यहाँ चर्चा गरिएको छ । 

यौन सम्पर्क गर्न हतार नगरौंः
तपार्इं यौन सम्पर्कलाई लिएर हड्बडी वा आतुर हुनुहुन्छ भने यो तपाईंको विकृत मानसिकता भनेर बुझ्न सकिन्छ । लामो समयसम्म सेक्सका लागि कुनै पहल वा तत्पराता देखाउन सक्नुभएन भने पनि तपार्इं लजालु मानिसका रुपमा चित्रित हुन सक्नुहुन्छ । यसकारण यौन सम्बन्धका लागि उपयुक्त समयमा उपयुक्त कदम चालेमा सम्बन्ध दिगो र आनन्ददायी हुने अध्ययनले देखाएको छ ।

Square AD in hamrodoctor news detail page

डिआरइडी डट कम अनलाइन मेडिकल कन्सल्टेशन सर्भिसले गरेको सर्वेमा पहिलो पटक यौन सम्पर्क गर्नुभन्दा पहिला जोडीले कति समय कुर्नु पर्ला भन्ने प्रश्न सहभागीलाई सोधेको थियो । अध्ययनको परिणाम यस्तो आएको थियो ।

एक सातादेखि एक महिनासम्मको समय :
सर्वेमा सहभागी ५० प्रतिशत दम्पतीले पाटर्नरसँग शारीरिक सम्बन्ध बनाउनका लागि एक सातादेखि एक महिनासम्मको समय लिएको बताएका थिए । 

२ देखि ६ महिना सम्मको प्रतिक्षा :
सो सर्वेमा एक हजार अमेरिकन तथा यूरोयीन दम्पती सहभागी भएका थिए । जसमध्ये २१ प्रतिशत सहभागिले पहिलो पटक पाटर्नरसँग यौन सम्पर्कको लागि २ देखि ६ महिनासम्मको समय लागेको बताएका थिए । 

प्रतिक्षाको पीडा:
विज्ञहरूका अनुसार यौन सम्पर्कका लागि प्रतिक्षा गर्नुको पीडा र दबाबले दम्पतीमा धेरैहदसम्म असर गरिरहेको हुन्छ । किनभने एउटाका लागि सही मानिएको निर्णय अर्कोको लागि सही नहुन सक्छ ।

यौन सम्पर्कका लागि आर्दश समय 
विज्ञहरूका अनुसार यौनसम्पर्क दुवै जनाको पूर्ण फैसलामा निर्भर रहने गर्छ । तर, शारीरिक सम्बन्ध बनाउनु भन्दा पहिला महिला र पुरुष दुबैले केही समय लिएर एक अर्कालाई बुझेर मात्र सम्बन्ध बनाए राम्रो मानिन्छ । तर यो पनि सबैको हकमा लागू नहुन सक्छ । कसै कसैमा प्रतिक्षाको समयले झन उल्टो असर गर्ने पनि हुन सक्छ । 
 

Last modified on 2018-08-05 09:30:10

Spark_health_home NIdan Hospital

Leave a Comment


फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Era Health Center Related Posts BlueCross_Dec12